जीप र्‍यांग्लरको बारे थाहापाउनुस् ५ तथ्य

काठमाडौं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लू लाइफले आइकनिक अफरोडिङ एसयूभी जीप र्‍यांग्लर नेपालमा आधिकारीक विक्री सुरु भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले जीप शोरुममा गएर आधिकारीक विक्री सुरु गरेका थिए ।

जीप र्‍यांग्लर नेपालमा थ्रि-डोर र फाएभ-डोर अप्सनमा उपलब्ध रहेको छ । थ्रि-डोर र्‍यांग्लर रुबिकन ट्रिममा उपलब्ध छ भने ‘र्‍यांग्लर अनलिमिटेड’ पनि भनिने र्‍यांग्लर फाइभ-डोर रुबिकन र सहारा गरी दुई ट्रिममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

‘अमेरिकी इतिहाससँग जोडिएको गाडी नेपालमा आउनु हाम्रो लागि गौरवको विषय हो’, कार्यक्रममा राजदूत र्‍यान्डी बेरीले भने । त्यसैगरी, एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवालले ८० वर्ष लामो इतिहास भएको र्‍यांग्लर ल्याउन सक्नु ठूलो उपलब्ध भएको बताए ।

आइकनिक डिजाइन

र्‍यांग्लरमा टिपिकल जीपको लुक छ । र्‍यांग्लरको सेभेन स्लट ग्रिल, एइडी डीआरएलसहितको ठूलो गोलो हेडल्याम्प, वर्गाकारको एलईडी टेल ल्याम्प, फोल्ड डाउन विन्ड शिल्ड, रिमुभेबल हार्ड रुफ एन्ड डोरले यसलाई आइकनिक बनाएको छ । यसको डिजाइन सन् १९४१ को जीपको पहिलो एसयूभी विलिस एमबीबाट प्रभावित छ । यसमा १७ इन्चको ट्रेपेजोइडल ह्वील आर्क रहेको छ । यी सबै कारण र्‍यांग्लरलाई संसारमै सबैभन्दा बढी चिनिएको गाडी बनाएको हो ।

मोस्ट क्यापेबल एसयूभी

अटोमोबाइल इतिहासमै सबैभन्दा क्षमतायुक्त ४ बाई ४ एसयुभी, जीप र्‍यांग्लरमा ट्रेल-रेटेड ब्याज छ, जसले यसको प्रभावशाली अफ-रोड क्षमतालाई दर्शाउँछ ।

जीप र्‍यांग्लरलाई २.० लिटरको टर्बोचाज्र्ड पेट्रोल इन्जिनले उर्जा दिन्छ । उक्त इन्जिनले २०१ किलोवटा पावर र ४०० एनएम टर्क उत्पन्न गर्छ । यो इन्जिनमा ८ स्पीड अटोमेटिक ट्रान्समिसन रहेको छ । र्‍यांग्लरको रुबिकन ट्रिममा रकट्रयाक ४ बाई ४ सिस्टम रहेको छ, जसले जस्तोसुकै भूबनोटमा पनि गाडीलाई अघि बढिरहन मद्दत गर्छ । र्‍यांग्लरको ग्राउन्ड क्लेरेन्स २१७ एमएम रहेको छ ।

प्रिमियम इन्टेरियर

र्‍यांग्लरको इन्टेरियरलाई हेर्ने हो भने यसमा लेदर ड्यासबोर्ड, लेदर सिट र लेदरले र्‍याप गरिएको मल्टिफंक्सन स्टेरिङ ह्वील, गियर सेलेक्टर, ट्रान्सफर केस र पार्किङ ब्रेक रहेको छ । यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीसहितको ८.४ इन्चको युकनेक्ट टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्मट रहेको छ । साधै यसमा ७ इन्चको ड्राइभर इन्फोर्मेसन डिस्प्ले, डुअल जोन एअर कन्डिसनिङ, इन्जिन स्टप/स्टार्ट, क्रुज कन्ट्रोल, एम्बियन्ट लाइटिङ एन्ड पुस–बटन स्टार्ट पनि रहेको छ ।

सर्वोत्कृष्ट सेफ्टी फिचर

जीप र्‍यांग्लरमा ७५ प्यासिभ र एक्टिभ सेफ्टी फिचर छन् । त्यसमध्ये केही पार्क असिस्ट सिस्टम, रियर ब्याक अप क्यामेरा, इएससी, टीएससी (ट्रेलर स्वे कन्ट्रोल), एचएसए (हिल स्टार्ट असिस्ट), एचडीसी (हिल डिसेन्ट कन्ट्रोल), ईआरएम (इलेक्ट्रोनिक रोल मिटिगेसन) र टीपीएमएस (टायर प्रेसर मनिटरिङ सिस्टम) हुन् ।

मूल्य

जीप र्‍यांग्लर रुबिकनको मूल्य २ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जीप र्‍यांग्लर अनलिमिटेड सहाराको मूल्य २ करोड ६७ लाख रुपैयाँ रहेको छ । साथै जीप र्‍यांग्लर अनलिमिटेड रुबिकनको मूल्य २ करोड ७९ लाख रुपैयाँ रहेको छ ।


Back_to_top