हुन्डाईले जित्यो अमेरिकी मास मार्केट ब्राण्डको उपाधि

काठमाडौं । अमेरिकामा ‘मास मार्केट’ कार ब्राण्डको उपाधि हुन्डाईले पाएको छ । सन् २०२१ मा जेडी पावरले गरेको सर्भेमा हुन्डाईले ५१९ अंक सहित पहिलो स्थान ओगटेको हो । ग्राहकले हुन्डाई गाडीमा औषत टेक्नोलोजी र उत्कृष्ट सुरक्षा फिचरको प्रयोग भएको पाएको बताएका थिए ।

जेडी पावरले १००० पूर्णङ्कमा दिएर विभिन्न ब्राण्डको सर्भे गरेको उल्लेख गरेको छ । विशेषत सर्भेमा नयाँ टेक्नोलोजीको प्रयोग, सुरक्षा फिचरका विषयमा धेरै प्रश्न गरेको जनाएको छ ।

सर्भेमा विभिन्न ३६ प्रकारका टेक्नोलोजीको विषयमा अध्यन गरिएको जेडी पावरले जनाएको छ । विभिन्न ४ समूहमा प्रविधिलाई समेटिएको थियो । जसमा कन्भिनेन्स, इमर्जिङ अटोमेशन, इनर्जी र स्टेविलिटी तथा इन्फोटेन्टमेन्ट र कनेक्टीभीटी रहेका थिए ।

फेब्रुअरीदेखि जुलाई २०२१ को बीचमा १ लाख १० हजार ८२७ गाडी चालकसँग सर्भे गरेको जेडी पावरले उल्लेख गरेको छ । सर्भेमा सहभागीले ‘हुन्डाई स्मार्टनेश टेक’ प्रविधिलाई सबैभन्दा धेरै मनपराएको उल्लेख छ ।

 


Back_to_top