टोयोटा मिराईले बनायो विश्व रेकर्ड, हाइड्रोजन उत्पादनमा नेपालमा पनि काम हुँदै

काठमाडौं । टोयोटाले मिराइको नयाँ नजेरेशन मोडल बजारमा ल्याएर नयाँ रेकर्ड कायम गरेको छ । गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्न सफल मिराई पेट्रोल वा इलेक्ट्रीक कार भने होइन । टोयोटा मिराई हाइड्रोज फ्यूलसेलबाट चल्ने कार हो ।

कम्पनीको अनुसार ५.६५ केजी हाइड्रोजनको प्रयोगले १३६० किलोमिटर माइलेज दिएको हो । यही क्षमताको कारमा यति यात्रा गर्न करिब १३० लिटर हाराहारी पेट्रोल खर्च हुने टोयोटाले दावी गरेको छ । साथै, हाइड्रोजनबाट चल्ने कारले विद्युतीय जस्तै सून्य कार्वन उत्सर्जन गर्छ । जवकी यति यात्रागर्दा इन्टरनल कम्बस्चन इन्जिनले ३०० केजी कर्वनडाइअक्साइड उत्सर्जन गर्छ ।

टोयोटाले सन् २०१६ मा पहिलो पटक मिराई फ्यूलसेल कार बजारमा ल्याएको थियो । त्यसपछि कम्पनीले लगातार यसमा नयाँ अनुषन्धान गरिरहेको छ । कम्पनीले ल्याएको नयाँ मिराईमा हाइड्रोजन लोड गर्न केवल ५ मिनेट मात्रै लाग्ने छ । नयाँ रेकर्ड निर्माण भएसँगै टोयोटाले हाइड्रोजन फ्यूलसेलमा काम गर्न आफुहरु थप उत्साहीत भएको जनाएको छ ।

मूल्यको हिसावले पनि हाइड्रोजन पेट्रोलियम पदार्थकोे तुलनामा सस्तो रहेको छ । देश अनुसार प्रति केजी हाइड्रोजनको मूल्य ७ देखि १६ डलरसम्म रहेको छ । अहिले भारतमा भने ३५० रुपैयाँ प्रतिकेजी रहेको छ । नेपालमा पनि काठमाडौं यूनिभर्सिटीले हाइड्रोजन फ्यूलमा काम गरिरहेको छ । यूनिभर्सिटीले १ डलर प्रतिकेजीमा हाइड्रोजन उत्पादन गर्न सक्नेगरी काम गरिरहेको वताएको छ ।


Back_to_top