विभिन्न ९ भेरियन्टमा विक्री सुरु भयो एमजी एस्टर, मूल्य क्रेटा र सेल्टोसको जस्तै

काठमाडौं । एमजी (मोरिस ग्यारेज) इन्डियाले उत्पादन गरेको एस्टर एसयूभी विभिन्न ९ भेरियन्टमा लन्च भएको छ । कम्पनीले दुई इन्जिन अप्सनमा ल्याएको एस्टरमा १.५ लिटर नेचुरल्ली एस्पीरेटेड र १.३ लिटर टर्बो इन्जिन दिइएको छ ।

कम्पनीले एस्टरको नेचुरल इन्जिनमा विभिन्न ७ भेरियन्ट ल्याएको छ भने टर्बो इन्जिनमा दुई भेरियन्ट उपलब्ध गराएको छ । स्टाइल एस्टरको इन्ट्री भेरियन्ट हो । यसलाई म्यानुयल गियरबक्समा मात्रै ल्याएको कम्पनीले सुपर, सार्प र स्मार्ट भेरियन्टलाई म्यानुयल र सिभीटी गियरबक्समा उपलब्ध गराएको छ । टर्बो इन्जिनमा भने स्मार्ट र सार्प दुबै भेरियन्ट अटोमेटीक रहेको छ ।

स्टाइलको मूल्य ९ लाख ७८ हजार भारु तोकिएको छ भने टप मोडल सार्प अटोमेटीकको १४ लाख ९८ हजार भारु तोकिएको छ । टर्बो इन्जिनमा स्मार्ट अटोमेटीकको १५ लाख ८८ हजार र सार्प अटोमेटीकको १६ लाख ७८ हजार तोकिएको छ ।

भारतमा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा रहेको हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स, स्कोडा कुशक र फक्सवागेन टाइगुनसँग प्रतिस्पर्धा गर्न एमजीले एस्टरलाई ल्याएको हो ।

आर्टिफिसीयल इन्टेलेजेन्ट एआईको प्रयोग भएको एस्टरमा एडप्टीभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ब्लाइण्ड स्पट असिस्टेन्स, लेन किप र डिपार्ट असिस्ट जस्ता आधुनिक फिचर रहेको छ । कारमा प्रयोग भएको ब्लुटुथमा आधारित कनेक्टेड कार टेक्नलोजीको सहायताले यो कारलाई चावी बिना नै मोवाइलबाटै लक/अनलक गर्ने तथा स्टार्ट समेत गर्न सकिन्छ । साथै, कनेक्टेड कार फङ्सन प्रयोग गर्न मोवाइल नेटवर्कको समेत जरुरत पर्दैन ।

एस्टरको क्याविनमा ‘सफ्टटच’ मेटेरियलको प्रयोग गरिएको छ भने १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । यसको बाहिरी बनोट पनि निकै आकर्षक रहेको छ । ६ कुना भएको युनिक डिजाइनको ग्रिल, बीचमा ठूलो एमजीको लोगो र ठ्याक्कै मुनि फ्रन्ट क्यामरा दिइएको छ । अझ ग्रिलको तलपट्टी अटोनोमस ब्रेकिङका लागि रडार दिइएको छ । दुबै साइडमा प्रोजेक्टर हेडल्याम्प तथा माथिपट्टी एलइडी डिआरएल र तल बम्परमा फगल्याम्प पाउन सकिन्छ । कारमा १७ इन्चको डिउलटोन अलोय ह्वील, रियरमा दिइएको एक्जस्ट र स्कीड प्लेटको कम्बिनेसन आकर्षक देखिएको छ । बुट खोल्नका लागि पछाडि दिइएको एमजीको लोगोलाई थिच्नु पर्छ ।

भारतमा उत्पादन भएको एमजी हेक्टर पारामाउन्ट मोटर्सले नेपाल ल्याइसकेको अवस्थामा एस्टर पनि नेपाल ल्याउने अनुमान गर्न सकिन्छ । यदी एस्टर नेपाल आउने हो भने नयाँ वर्ष २०२२ को सुरुमा आउन सक्ने छ ।


Back_to_top