आजबाट बिक्री सुरु हुँदै नयाँ इलेक्ट्रीक कार, यस्तो छ मूल्य

काठमाडौं । जाइलिङ मोटर्स कर्पोरेशनको इलेक्ट्रीक सेडान कार आजबाट बिक्री सुरु हुँदैछ । नेपालको लागि जगदम्बा मोटर्सले बिक्री वितरण गर्ने ‘इ–लाइट’ सेडान कार आजबाट आधिकारीक बिक्री सुरु हुन लागेको हो ।

काठमाडौं आएको झण्डै चार सातापछि यसको आधिकारीक बिक्री सुरु हुन लागेको हो । बढ्दो ईभीको बिक्रीमा आफुलाई उभ्याउन जगदम्बा मोटर्सले यसलाई बजारमा उतारेको हो ।

स्टील र आल्मुनियम मिलाएर निकै हलुका बढी निर्माण भएको ‘इ–लाइट’ मोडल सुरक्षाको हिसावले अब्बल रहेको जेएमसीको दावी छ । फ्रन्ट ह्वील ड्राइभ मोटरमा उपलब्ध हुने कार हेर्दा निकै आकर्षक देखिन्छ ।

सिल्भर हुक एलइडी हेडलाइट, कनेक्टेड इलेक्ट्रीक डोर ह्याण्डल, क्लोजअफ ग्रिल, एलइडी डेटाइम रनिङ लाइट र अगाडि दिइएको स्टाइलिस एयर ड्यामले यसले आकर्षक बनाएको छ ।

इ–लाइट सेडान कार हो । यसको लम्बाइ ४६७५ एमएम, चौडाइ १८३५ एमएम र उचाइ १४८० एमएम छ । १७ इन्चको आल्मुनियम अलोय ह्वील दिइएको कारमा ४९ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ । यसले सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । चीनमा ११० किलोवाट क्षमताको मोटरमा उपलब्ध इ–लाइट मोडल नेपालमा कुन मोटरमा उपलब्ध हुन्छ एकिन जानकारी बाहिर आएको छैन ।

अगाडि म्याकफर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स प्रयोग भएको कारमा पछाडि मल्टी लिंक इनडिपेन्डेन्ट सस्पेन्स उपलब्ध छ । आधुनिक सुरक्षा फिचर उपलब्ध कारको इन्टेरियर पनि निकै आकर्षक छ ।

कम्पनीले यसमा १०.२५ र १२.३ इन्चको पानारोमिक एचडी ड्यूल स्कृन दिएको छ । ३६० डिग्री क्यामेरा पनि यसमा पाउन सकिन्छ । कम्पनीले नयाँ कारको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरु गर्न लागेको हो ।


Back_to_top