लीपमोटरको एक साता लामो ‘टेष्ट ड्राइभ क्याम्पेन’ सुरु

काठमाडौं । साँग्रिला मोटर्सले लीपमोटरको ‘टेष्ट ड्राइभ क्याम्पेन’ आज शुक्रबाट सुरु गर्ने भएको छ । कम्पनीले काठमाडौंको उत्तरढोकामा रहेको भिल्ला ७२ रेष्टुरेन्टमा टेष्ट ड्राइभ क्याम्प लगाएको हो ।

पुस ६ गतेसम्म चल्ने उक्त क्याम्पेनमा लीपमोटरको सी-१० एसयूभी टेष्ट ड्राइभको लागि उपलब्ध हुनेछ । टेष्ट ड्राइभसँगै एक्सचेन्ज क्याम्प पनि लाग्ने छ । कुनै पनि ब्राण्डका पुराना गाडी लगेर सट्टापट्टा गर्न सकिने कम्पनीले जनाएको छ ।

टेष्ट ड्राइभ क्याम्पेनको शुभारम्भमा साँग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छा भने, ‘हाम्रो प्रिमियम एसयूभी टेष्ट ड्राइभ गर्ने योजना बनाएर बस्नु भएका ग्राहकलाई हामी स्वागत गर्छौ, आउनुहोस् गाडी टेष्ट ड्राइभ गर्नु होस् ।’

लीपमोटरको सी-१० एसयूभी नाडा अटो शो २०२४ मा सार्वजनिक भएको थियो । यसको बिक्री भने तिहार पछाडि मात्रै सुरु भएको हो । नेपाल आएको छोटो समयमा नै झण्डै १०० युनिट डेलिभरी पुरा हुन लागेको गोल्छाले जानकारी दिए ।

‘अबको केही दिनमै १०० युनिट सडकमा गुड्न थाल्छ । यसलाई हामीले गाडी मनपराउनेहरुको छनोटमा सी-१० परेको देखाउँछ’, प्रबन्ध निर्देशक गोल्छाले भने ।

सी-१० एसयूभीमा १६० किलोवाट क्षमताको पावरफुल मोटर दिइएको छ । उक्त मोटरसँग ६९.९ किलोवाट आवरको ब्याट्री दिइएको छ । ब्याट्रीलाई फुलचार्ज गर्दा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । नेपाली सडकमा तपाईले चलाउँदा ४०० किलोमिटर आसपास सजिलै रेन्ज पाउन सक्नुहुन्छ ।

युरोपियन एनक्यापले गरेको क्र्यास टेष्टमा फाइभ स्टार सेफ्टी रेटिङ पाउन सफल सी-१० एसयूभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । जुन नेपाली बाटाहरुको लागि निकै उपयुक्त मानिन्छ ।


Back_to_top