नेपाल आइपुग्यो इलेक्ट्रीक कन्टेनर, यस्तो छ मूल्य (भिडियोसहित)

काठमाडौं । मेगा मोटर्सले नेपाल ल्याएको कामा ब्राण्डको कन्टेनर काठमाडौं आइपुगेको छ । कम्पनीले नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमै राख्ने योजना सहित मगाएको इलेक्ट्रीक कन्टेनर यसैसाता नेपाल आइपुगेको हो ।

कम्पनीका अनुसार तातोपानी नाका बन्द हुँदा कामाका कन्टेनर ल्याउन सकिएको थिएन । बाटो खुल्ने बित्तिकै पहिलो कन्टेनर काठमाडौं आएको हो ।

निकै ठूलो कार्गो स्पेश रहेको कन्टेनर पावर र रेन्जको हिसाबले पनि राम्रो रहेको कम्पनीको भनाइ छ ।

‘हामीले बजारको आवश्यकतालाई ध्यानमा राखेर इलेक्ट्रीक कन्टेनर मागाएका हौं । नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा गाडी देखाउन नपाए पनि ५० जनाले बुकिङ गर्नुभएको छ । सुरूमा १० जना ग्राहकलाई यही साता गाडी हस्तान्तरण गर्ने योजना छ,’ मेगा मोटर्सका प्रबन्ध निर्देशक महेश पालले भने ।

कम्पनीले ल्याएको कन्टेनरमा ७० किलोवाटको मोटर र ३८ किलोवाट आवरको लिथियम आयोन फस्फेट (एलएफपी) ब्याट्री छ । यसले सिंगल चार्जमा २५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

कन्टेनरको साइज ८.५ फिट लामो र ५.५ फिट अग्लो छ । निकै ठूलो कार्गो स्पेश रहेको कारण ठूलो परिमाणमा सामान ओसार पसार गर्न सकिन्छ । यसको पेलोड क्षमता १.५ टन (१५०० केजी) रहेको छ । कम्पनीले यसको मूल्य २७ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

अटो शोहरूमा भने २ लाख रुपैयाँ नगद छुट अफर गरिएको थियो । घरायसी प्रयोजनका सामान र औद्योगिक उत्पादन ओसार पसार गर्न मिल्ने कामाका कन्टेनर बहुउपयोगी देखिएको छ ।


Back_to_top