असार २८ गतेबाट कामाको निःशुल्क सर्भिस क्याम्प

काठमाडौं । आगामी आइतबारबाट कामा ईभीको निःशुल्क सर्भिस क्याम्प संचालन हुने भएको छ । नेपालका लागि कामाको आधिकारिक बिक्रेता मेगा मोटर्सले धुम्बाराहीस्थित सर्भिस सेन्टरमा उक्त सर्भिस क्याम्प संचालन गर्ने भएको हो ।

उक्त क्याम्पमा कामाका विद्युतीय पीकअप र कन्टेनरहरूले सर्भिस सुविधा पाउने छन् । जहाँ उत्पादकले नै इन्जिनियरहरू पठाएर गाडीको चेकजाँच गर्न लागेका हुन् ।

चेकजाँच गर्दा कुनै पनि लेबर चार्ज नलाग्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आफ्नो कामाको गाडी दुरुस्त राख्न यो सर्भिस क्याम्प सबै उपभोक्ताको लागि सुनौलो अवसर हुनेछ ।

चार दिनसम्म चल्ने निःशुल्क सर्भिस क्याम्प असार ३२ गते समापन हुनेछ । गाडीको विस्तृत चेकअप गर्ने अवसरको फाइदा सबै उपभोक्ताले उठाउन मेगा मोटर्सले आग्रह गरेको छ ।

कम्पनीका अनुसार ब्रेकको अवस्था, सस्पेन्सन, ब्याट्री, मोटर र बीएमएस लगायतका पार्ट्सको अवस्था कस्तो छ भन्ने कुरा प्रविधिकहरूले हेर्नेछन् । साथै, आवश्यक पर्दा प्राविधिक सुधाव पनि दिने छन् ।

कामा ब्राण्डका विद्युतीय पीकअप र कन्टेनरहरू नेपाली बजारमा निकै राम्रो बिक्री भइरहेका छन् । सहरी क्षेत्रमा खाद्यान्न, फलफूल, तरकारी, दुध, पानी, माछामासु लगायतका सामान ओसार पसार गर्न यी पीकअप र कन्टेनर निकै उपयोगी हुँदै आएका छन् ।


Back_to_top