चार वर्ष पुरानो कोना ईभीको ब्याट्री हेल्थ ९५ प्रतिशत

kona electric

काठमाडौं । सन् २०१९ बाट नेपालमा बिक्री सुरु भएको हुन्डाई कोनाको ब्याट्री हेल्थ निकै राम्रो देखिएको छ । चार वर्ष पुरा सडकमा दौडिएको कोनाको ब्याट्री हेल्थ अहिले पनि ९५ प्रतिशत रहेको कम्पनीको दावी छ ।

हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले केही महिना अगाडि कोनाको ब्याट्री हेल्थ चेकअप क्याम्प नै संचालन गरेको थियो । सोही चेकअप क्याम्पमा सहभागी सिम्रिक एयरका पाइलट विमल श्रेष्ठले आफूले कोना रोज्नुको मुख्य कारण यसको विद्युतीय क्षमता, हुन्डाई ब्रान्ड प्रतिको विश्वास, ब्याट्रीको क्षमता र आकर्षक बनावट रहेको बताएका थिए ।

आफ्नो गाडीको ब्याट्रीको क्षमतामा सोचेभन्दा कम ह्रास आएकोमा खुसी जनाउँदै आफू कोनासँग सन्तुष्ट रहेको उनको श्रेष्ठ बताउँछन् । उनि जस्तै धेरैको मत रहेकै कारण विगत ५ वर्षको दौरान नेपालमा १ हजारभन्दा धेरै यूनिट कोना सफल संचालनमा रहेका छन् ।

हुन्डाईले कोना इलेक्ट्रीको पर्फमेन्सकै कारण गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत आफ्नो मान लेखाएको छ । सन् २०१९ मा भारतबाट सुरु गरिएको ‘इमिशन इम्पोसिबल’ नामक मिशन अन्तर्गत कोना इलेक्ट्रीकले विश्वको सबैभन्दा अप्ठ्यारो भू-भागमा उच्च पर्फमेन्स प्रदान गरेको थियो ।

कोनाले त्यो मिसनमा १७ हजार फिट अग्लो स्थानमा माइनस १२ डिग्रीको चिसोमा ७ सय किलोमिटर यात्रा गरेको थियो । त्यसैको लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको थियो ।

आफ्नो आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र राम्रो रिसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित भएको छ ।


Back_to_top