काठमाडौं । नेपालमा एड्भेन्चर टूरिङको कल्चर धेरै विकास भइरहेको छ । नेपालको धेरै जसो पर्यटकिय क्षेत्रहरु हाई एल्टिट्युडमा भएका कारण पनि एड्भेन्चर यात्रा गर्नेहरुको रोजाइमा एड्भेन्चर मोटरसाइकल पर्नु सामान्य हो ।
नेपालको भौगोलिक बनोटका कारण पनि यस्तो टेरानहरुमा चलाउनका लागि एड्भेन्चर मोटरसाइकलहरु उपर्युत हुन्छन् । नेपालमा केही समय अघि डर्ट मोटरसाइकलको कल्चर सुरुवात हुँदै गर्दा अहिले सहरी क्षेत्रका साथै अफरोडमा उत्तिकै सजिलोसँग चलाउन सकिने एड्भेन्चर मोटरसाइकलको माग ह्वात्तै बढेको छ ।
यसलाई मध्यनजर गर्दै नेपालमा मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने सबैजसो कम्पनीले एड्भेन्चर मोटरसाइकल भित्र्याउँदै आएका छन् ।
नेपाली बजारमा कम मूल्यमा एड्भेन्चर मोटरसाइकल खोज्नेका लागि कमै छनोट रहेका छन् । आज हामिले यहि कुरालाई मध्यनजर गर्दै बजेट फ्रेन्ड्ली पावर, फिचर एकदमै उत्क्रीष्ट भएका दुई मोटरसाइकल केटीएम एडेभेन्चर २५० र सुजुकी भिस्ट्रोम २५० बीच रहेको भिन्नताहरु यहाँ उल्लेख गरेकोे छौं, जसले गर्दा एड्भेन्चर मोटरसाइकल खरिद गर्न खोज्नेका लागि सहज हुन सक्नेछ ।
डिजाइन
यी दुबै मोटरसाइकल अफरोड तथा सहरी क्षेत्रमा चलाउन कम्फर्टेबल हुने गरि डवल पर्पस एड्भेन्चर सेग्मेन्टमा निर्माण भएका हुन् । हाइ ग्राउण्ड क्लीयरेन्स, आकर्षक ग्राफिक डिजाइन फिनिसिंग, ह्यान्ड गार्ड, वीन्ड स्क्रीन दुबै मोडलमा रहेको छ भने, यी दुबै ब्रान्डको मोटरसाइकल एड्भेन्चर पर्फमेन्स बडिवर्कमा पाउन सकिन्छ ।
इन्जिन र पर्फमेन्स
दुबै मोडलमा २५० सीसी क्षमताको इन्जिन भएता पनि पर्फमेन्सको हिसाबमा भिस्ट्रोम भन्दा केटीएम केहि बडि पावरफुल मोटरसाइकल हो । यसमा २४८.८ सीसीको सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, डीओएचसी, एफआई इन्जिन दिइएको छ । यस इन्जिनले अधिकतम ३० पीएस पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । केटीएमको टप स्पीड १४८ किलोमिटर प्रतिघण्टा रहेको छ ।
भिस्ट्रोममा २४९ सीसीको सिंगल सिलिन्डर, आयल कूल्ड, फोर स्ट्रोक, एसओएचसी, एफआई इन्जिन दिइएको छ । यो इन्जिनले अधिकतम २६.५ पीएस पावरसंगै २२.६ एनएमको टर्क जेनेरेट गर्छ । भिस्ट्रोमको टप स्पीड भने १२२ किलोमिटर प्रतिघण्टा रहेको छ । दुबै मोटरसाइकलमा ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।
माइलेज
सुजुकी भिस्ट्रोममा १२ लिटर र केटीएममा १४.५ लिटरको फ्युल ट्याकं छ । दुबै मोटरसाइकलको माइलेज ३० देखि ३५ प्रतिकिलोमिटरसम्म रहेको कम्पनीले दावी गरेका छन् ।
सस्पेन्सन र टायर
भिस्ट्रोममा टेलिस्कोपिक फोर्क, मोनोसक र केटीएममा डब्ल्यूपी युएसडी फोर्क, डब्ल्यूपी मोनोसक सस्पेन्सन सेटअप छ भने दुबैमा डबल पर्पस ट्युबलेस टायर, अलोय ह्वील, डबल डिस्कब्रेकसंगै डबल च्यानल एबीएस सिस्टम पाउन सकिन्छ ।
फिचर
पुर्ण रुपमा एड्भेन्चर फोकस गरेर तयार भएका यी दुई मोटरसाइकलमा पुरा एलईडी लाइट रहेको छ । भने केटीएममा हेलोजन हेडल्याम्प र भिसट्रोममा एलईडी हेड्ल्याम्प सेटअप दिइएको छ ।
त्यस्तै, भिस्ट्रोममा लार्ज डिजिटल डिस्प्ले, पिलियन स्प्लीट सिट, डबल ब्यारल एग्जस्ट र युएसबी आउटलेट जस्ता फिचरहरु छन् ।
केटीएममा ५ इन्च टिएफटी डिस्प्ले, एड्जस्टेवल ह्यान्डलबार, राइड बाइ वायर, स्लीपर क्लच र अफरोड रेडी फुटपेग जस्ता फिचरहरु रहेका छन् ।
मूल्य
भिस्ट्रोमको तुलनामा केटीएमको मूल्य केहि बढि रहेको छ । हसंराज हुलासचन्द एण्ड कम्पनीले केटीएम २५० एड्भेन्चर मोटरसाइकल नेपाली बजारमा ७ लाख २९ हजार ९०० रुपैयाँ मूल्यमा बिक्रि गरिरहेको छ ।
बिशाल ग्रुप अन्तर्गत रहेको सुजुकी मोटरसाइकलको आधिकारिक बितरक कम्पनी भीजी इम्पेक्सले गत भदौ २०८१ को नाडा अटो शोमा सार्बजनिक गरेको भिस्ट्रोम २५० मोटरसाइकलको कम्पनीले ६ लाख ९९ हजार ९०० रुपैयाँ मूल्यमा बिक्री सुरु गरेको हो ।


