काठमाडौं । प्रिमियम मोटरसाइकल कम्पनी केटीएम इन्डियाले एड्भेन्चर २५० सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले केटीएम एड्भेन्चर २५० भी मोडल ल्याउने भएको हो ।
अहिले बिक्री हुँदै आएको केटीएम २५० एड्भेन्चरको तुलनामा सीट हाइट कम र नयाँ फिचरसहित आउने यो मोटरसाइकल हाइट कम भएका चालकलाई ध्यानमा राखेर बनाएको हो ।
कम हाइट भएका चालकले पनि केटीएमको एड्भेन्चर मोटरसाइकल चलाउन पाउन् भन्ने हिसावले उचाई कम भएको २५० भी मोडल ल्याउन लागेको हो । यसमा ८३४ एमएम सीट हाइट रहनेछ । रेगुलर २५० एड्भेन्चर मोडलमा ८५५ एमएमको सीट छ ।
कम्पनीले एड्भेन्चर २५० भी बजारमा ल्याउनु अघिनै यसको मूल्य इन्टरनेटमा लिक भएको छ । केटीएमले भारतीय बजारमा २ लाख ४७ हजार भारतीय रुपैयाँ मूल्य तोकेर यसको बिक्री सुरु गर्ने बताइएको छ । यो मूल्य रेगुलर मोडलको तुलनामा कम हो ।
यो मूल्य केटीएमको एड्भेन्चर सेगमेन्टकै सबैभन्दा कम हो । कम्पनीले मोटरसाइकललाई अफरोडमैत्री बनाउन एबीएसलाई ‘इन एक्टिभ’ गर्ने सुविधा प्रदान गरेको छ ।
नयाँ मोडलमा नयाँ मापदन्ड अनुसारको लिक्विड कुल्ड, सिंगल सिलिन्डर २४९ सीसी क्षमताको इन्जिन रहने छ । उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा ३० हर्सपावर र ७५०० आरपीएममा २४ एनएम टर्क जेनेरेट गर्नेछ ।

