काठमाडौं । वुद्ध एयरले नयाँ वर्षबाट कोलकाता उडान गर्ने भएको छ । कम्पनीले उडानका लागि कोलकातामा आधिकारिक कार्यालय समेत खोलिसकेको जनाएको छ ।कम्पनीले नेपालीका लागि कोलकाताको दुईतर्फी भाडा २४ हजार रुपैयाँ तोकेको छ।
यो कम्पनीको भारतमा दोस्रो गन्तब्य हो। शुरुमा हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान गर्ने कम्पनीले जनाएको छ । काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर ७२ बाट गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागर लगायतका भ्रमण प्याकेज सञ्चालनमा ल्याउने जनाएको छ ।

