मासिक १५ हजार किस्तामा नयाँ पेट्रोल कार

काठमाडौं । मासिक १५ हजार किस्ता तिर्दा नयाँ पेट्रोल कार किन्न पाइने भएको छ । रेनोले आफ्नो चर्चित मोडल क्वीडमा ७ लाखभन्दा बढी छुट दिएर बिक्री गरिरहेकोले मासिक १५ हजार ७६० रुपैयाँ किस्ता तिर्दा पुग्नेगरी नयाँ पेट्रोल कार किन्न पाइने भएको हो ।

एड्भान्स अटोमोवाइल प्रालिले यसअघि २६ लाख ७९ हजार मूल्य तोकेर बिक्री गर्दै आएको क्वीड फुल अप्सन कार १८ लाख ९९ हजारमै बिक्री गरिरहेको छ । यस्तोमा क्वीड किन्ने ग्राहकले मूल्यको ५० प्रतिशतले हुन आउने ९ लाख ४९ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट गरेर त्यतिनै रकम कर्जा लिन सक्नेछन् ।

अहिले बैंक तथा वित्तिय संस्थाले १० प्रतिशतभन्दा कममा नै गाडी कर्जा उपलब्ध गराउन गालेका छन् । १० प्रतिशत ब्याजदर नै मानेर क्वीडको लागि कर्जा लिने हो भने ७ वर्षसम्म मासिक रुपमा १५ हजार ७६० रुपैयाँ किस्ता तिर्दा पुग्छ ।

अहिले नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो पेट्रोल कार नै क्वीड भएको छ । कम्पनीले यो स्कीम २०८१ जेठ ११ गतेसम्म लागु हुने जनाएको छ ।

यस्तो छ रेनो क्वीड

रेनो क्वीडमा आकर्षक ग्रिल, स्टाइलिस बम्पर, स्प्लिट हेडल्याम्प सेटअपसँगै एलइडी डिआरएल पाउन सकिन्छ । सानो कार भएर पनि क्वीडको बडी डिजाइन र ग्राउन्ड क्लियरेन्स उत्कृष्ट छ ।

फ्रेन्च कार निर्माताले भारतमा उत्पादन गरेको क्वीडमा पावर विन्डो, दुई एयरब्याग, रियर पार्किङ सेन्सर, एन्ड्रोइड अटो, एप्पल कार प्ले, रियर सिट आर्मेस्ट, एयरब्याग, एबीएस, इबीडी, रियर सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम जस्ता फिचर उपलब्ध छ ।

यसको इन्टेरियर पनि स्लीम छ । ड्यास बोर्ड दिइएको इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, स्टेयरिङ ह्वीलले कारलाई आधुनिक देखाउँछ ।

यसमा १.० लिटर पेट्रोल इन्जिन उपलब्ध रहेको छ । उक्त ९९८ सीसी क्षमताको इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क उत्पादन गर्छ ।


Back_to_top