नयाँ वर्षमा टाटाका कार किन्दा फाइदै फाइदा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष, नयाँ कार २०८१’ योजना ल्याएको छ । कम्पनीले ल्याएको यस स्कीममा कार किन्ने ग्राहकले फाइदै फाइदा पाउने छन् ।

नयाँ वर्ष, नयाँ कार योजनामा सहभागी हुने ग्राहकले टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन ईभी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

ग्राहकले जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा आकर्षक बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एसेसरिज र फास्ट चार्जर निःशुल्क दिने कम्पनीले जनाएको छ । यो योजना टाटा मोटर्सको नेपालभर रहेका शोरुमहरुमा लागु भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नयाँ वर्षको अवसरमा टाटा मोटर्सको नेपालभर रहेका शोरुमहरुमा यो योजना ग्राहकले पाउन सक्नेछन् ।


Back_to_top