लेम्बोर्गनी हुराकेन-ईबो, २.९ सेकेन्डमा १०० किमिको रफ्तार, मूल्य कति ?

इटालियन कम्पनी लेम्बोर्गनीले फेब्रुवरीमा ७ मा हुराकेन–ईबो सार्वजनिक गर्ने भएको छ । फेसलिफ्ट भर्सनमा आउने मोडलमा उत्कृष्ट स्टाइल, पावर तथा एयरोडायनामिक डिजाइन दिइएको कम्पनीले जनाएको छ । 

यो कारमा नयाँ फ्रन्ट बम्पर, रियर बम्पर तथा डिफ्यूजर र ट्वीन–एक्जस्ट पाइप दिइएको छ । यसकासाथै यसमा नयाँ डकटेल स्पोइलरसमेत दिइएको छ । यसले कारलाई थप आकर्षक लूक दिएको छ । 

यसमा २०१७ मा सार्वजनिक भएको रेकर्ड होल्डिङ्ग हुराकेनको जस्तै इन्जिन दिइएको छ । ५.२ लिटर पफर्मेन्सको भी–१० इन्जिनले ६४० बीएचपी पावर उत्पादन गथ्र्याे । हाल उक्त इन्जिनले पुरानो मोडलको तुलनामा ३० हर्ष पावर बढी पावर उत्पादन गर्छ भने ६०० एनएम–टर्क उत्पादन गर्छ । 

कम्पनीकाअनुसार यो मोडलले २.९ सेकेन्डमा प्रतिघन्टा १०० किलोमिटरको रफ्तार पकड्छ । यसको अधिकतम् रफ्तार ३२३.५ किलोमिटर प्रतिघन्टा रहेको छ । 

कम्पनीले यस मोडलमार्फत् नयाँ चेसिस कन्ट्रोल प्रणालीको विकास गरेको छ । उक्त प्रणालीको नाम लेम्बोर्गनी डायनामिका विकोलो इन्टग्रेटा राखिएको छ । उक्त प्रणालीले कारलाई कन्ट्रोल गर्नुकासाथै यसमा लगाइएको सेन्सरले पाङ्ग्राको रफ्तार तथा ड्राइभरको अवस्थालाई ट्रेस गर्ने गर्छ । यसमा ८.४ इन्चको टचस्क्रिन सिस्टम लगाइएको छ ।

यसको इन्फोटेनमेन्ट सिस्टमले क्लाइमेट कन्ट्रोलकासाथै एप्पल कार–प्ले र भ्वाइस कम्पान्डलाई सपोर्ट गर्छ । यसकासाथै यसमा डबल क्यामरा टेलिमेट्री सिस्टमलगायतका विशेषता दिइएको छ । यसको मूल्य करिब ३ लाख १३ हजार डलर हारहारी रहने छ । 


Back_to_top