काठमाडौं । ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र)का लागि दिइएका सबै आवेदन रद्द भएका छन् ।
यातायात व्यवस्था विभागले लाइसेन्स (नयाँ र वर्ग थप)का लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेकाे हो । नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको छ । यसअघि झन्डै ५ लाख बढीले लाइसेन्सका लागि अनलाइन फारम भरेका थिए ।
यसअघि आवेदन दिएका सबै फारम रद्द भएसँगै अब सबै आवेदकले नयाँ फारम भर्नुपर्नेछ । विभागका अनुसार अब www.applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ ।
विभागका अनुसार नयाँ लाइसेन्सका लागि आज (सोमबार साँझ ६ बजे)देखि आवेदन खुला हुनेछ । यस्तै, वर्ग थपका लागि अर्को साताको सोमबारदेखि आवेदन खुल्ने विभागले जनाएको छ ।