काठमाडौं । नेपालको लागि पुरानो ब्राण्ड लिफान फेरी नेपाल आएको छ । यसअघि पेट्रोलियम पदार्थबाट चल्ने दुई पाङ्ग्रे साधन ल्याएको लिफानले अब भने इलेक्ट्रीक दुई पाङ्ग्रे स्कुटर लिएर नेपाल आएको हो ।
लिफनका उत्पादनको आधिकारीक बिक्रेताको रुपमा पिनाकल मोटार्डले लिफानका इलेक्ट्रीक स्कुटर नेपाल ल्याएको हो । कम्पनीले चार मोडलका इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याएको छ ।
कम्पनीले ती स्कुटरको मूल्यसूची जारी गर्दै लिफान ईभी नेपाल आउन लागेको जानकारी दिएको छ । पहिलो चरण १.२ किलोवाट क्षमताका स्कुटहरु नेपाल ल्याउने र पछि धेरै रेन्ज र ठूलो मोटर पावर भएको स्कुटर ल्याउने कम्पनीका एसिस्टेन्स जनरल मेनेजर मनिष राउतले जानकारी दिए ।
लिफान ईभी भन्सार आइपुगेको र केही दिनमा नै रोड वर्दिनेश टेष्ट, दर्ता लगायतका काम सकेर बिक्री सुरु गर्ने तयारी भइरहेको राउतले बताए ।
कम्पनीले नेपाल ल्याउन लागेको लिफान ई-३को मूल्य २ लाख ४९ हजार, ई ४ र व्रिङको मूल्य २ लाख ९९ हजार र ई-३ को टप भेरियन्टको मूल्य ३ लाख ३९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
पिनाकल मोटार्डले यस अघि प्योर ईभी, एनआइयू, बीएमडब्लू, बेनेली जस्ता ब्राण्डको डिलरको रुपमा काम गर्दै आएको थियो । यी कम्पनीको डिलरशिप छाडेर लिफान ईभी ल्याएको हो ।


