कम मूल्यको टेस्ला ‘मोडल वाई’ आजबाट बजारमा आउँदै

काठमाडौं । अमेरिकी प्रिमियम इलेक्ट्रीक कार उत्पादक टेस्लाले मोडल वाईको सस्तो भेरियन्ट आज लन्च गर्ने भएको छ । टेस्लाको लाइन अपमा सबैभन्दा धेरै बिक्री हुने क्रसओभर एसयूभी मोडल वाई यही वर्षको जनवरीमा फेसलिफ्ट भएउको थियो ।

टेस्लाले सामाजिक संजाल एक्समा टिजर सार्वजनिक गर्दै अफोडेबल मोडल वाई आउने संकेत पहिल्यै दिएको थियो । तर, आज सार्वजनिक हुनु अगाडि नै टेस्लाको टेक्सासमा रहेको गिगाफ्याक्ट्रीमा खिचिएका कम मूल्यका मोडल वाईका तस्विर वाहिर आएको थियो ।

कम मूल्यमा बिक्री गर्ने मोडल वाईको फ्रन्ट लाइटबार हटाइएको छ भने सामान्य लाग्ने बम्पर दिइएको छ । त्यस्तै, रियरमा पनि कनेक्टेड लाइटबार हटाइएको छ । लाइटबारको ठाँउमा अंग्रेजी अक्षरमा टेस्ला लेखिएको छ ।

विभिन्न रिपोर्टहरुका अनुसार टेस्लाको कम मूल्यको मोडल वाइमा ग्लासरुफको सट्टामा मेटलरुफ प्रयोग भएको छ । ह्वील पनि १९ इन्च सट्टामा १८ इन्च दिइएको छ ।

त्यस्तै कम्पनीले मूल्य कम राख्न नयाँ मोडल वाईमा रहेको सेकेण्ड रोको स्कृन हटाएको छ । यसमा एचइएपी एयर फिल्टर समेत हटाइएको अनुमान छ । टेस्लाले यी फिचरहरुमा हटाएसँगै मोडल वाईको मूल्य करिब ५ हजार डलर घटाउने अनुमान गरिएको छ ।


Back_to_top