महिन्द्राले थप्यो थ्री-ह्वीलरको विक्री केन्द्र, ४० हजार नगद छुटमा इलेक्ट्रीक अटो

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले देशको विभिन्न स्थानमा थ्री-ह्वीलर इलेक्ट्रक अटो विक्री केन्द्र स्थापना गरेको छ । कम्पनीले दमक, भैरहवा र नेपालगंजमा विक्री केन्द्र संचालनमा ल्याएको हो ।

कम्पनीले यी तीनै नयाँ विक्री केन्द्रहरुमा लिथियम आयन ब्याट्री भएको ट्रियो र यारी थ्री-ह्वीलरसमेत सार्वजनिक गरेको हो ।

यससँगै अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले अग्नि ग्रुपका प्रतिनिधिहरूको उपस्थितिमा ३ नयाँ बिक्री केन्द्र सहित नेपालका विभिन्न स्थानमा रहेका १२ वटा महिन्द्राका शोरुममा नगद छुट र एक्स्चेन्ज मेलाको घोषणा गरेको छ ।

कम्पनीले झापाको बिर्तामोड, इटहरी, विराटनगर, सिन्धुली, मलङ्गवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेत लगायतका महिन्द्रा शोरुमहरुमा नगद छुट र एक्स्चेन्ज मेलाको आयोजना गरेको हो ।

यो योजना अन्तर्गत नयाँ इलेक्ट्रिक थ्री-ह्विलर अटो ट्रियाे र यारी खरिद गर्ने ग्राहकले ४० हजार रुपैयाँ सम्मको नगद छुट लिन सक्नेछन् । यो योजना २०२३ को फेब्रुअरी महिना भरिका लागि लागू हुने कम्पनीले जनाएको छ । यस मेलाबाट पुराना तथा नयाँ ग्राहकहरूले अधिकतम लाभ लिन सक्नेछन ।

कम्पनीले इलेक्ट्रीक थ्री–ह्विलरको प्रयोगबाट उद्यमशील ग्राहकलाई समर्थन र सहज बनाउने प्रयास अनुरूप यस योजना ल्याएको जनाएको छ । यससँगै महिन्द्रा ट्रियो अटो र यारीले परम्परागत रुपमा सञ्चालनमा आएका पेट्रोल सवारी साधनको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वामित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्ने कुरामा विश्वस्त रहेको कम्पनीको भनाई छ।

यस्तो छ महिन्द्राको ट्रियो अटो र यारी इलेक्ट्रीक

एडभान्स लिथियम आयन टेक्नोलोजीबाट निर्माण गरिएको महिन्द्राको ट्रियो अटो र यारी इलेक्ट्रीक उत्कृष्ट पर्फर्मेन्स दिने थ्री-ह्वीलर रहेको कम्पनीको दाबी छ । यी दुई सवारीलाई कम समयमा नै फुलचार्ज हुने र लामो समयसम्म चार्ज टिक्ने कम्पनीले जनाएको छ ।

महिन्द्राको ट्रियो अटोमा तीन वर्ष वा ८०,००० किलोमिटर वारेन्टीको पाउन सकिन्छ । त्यस्तै, ट्रियो यारीमा तीन वर्ष वा ४०,००० किलोमिटर वारेन्टीको व्यवस्था गरिएको छ ।

ट्रियो अटोलाई पूर्णरुपमा चार्ज हुन ३ घण्टा ५० मिनेट चार्जिङ समय लाग्छ भने ट्रियो यारीलाई २ घण्टा ३० मिनेट लाग्छ । ट्रियो अटोले एकपटकको सिङ्गल चार्जमा १३० किलोमिटर गुडाउन सकिन्छ भने ट्रियो यारीलाई ८५ किलोमिटर गुडाउन सकिन्छ ।


Back_to_top