अपग्रेड भएर आउँदै यामाहाका तीन मोटरसाइकल

काठमाडौं । यामाहा इन्डियाले एकै पटक तीन मोटरसाइकल भारतीय बजार सार्वजनिक गर्ने भएको छ । कम्पनीले २०२३ मोडलका तीन मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

सार्वजनिक गर्ने नयाँ मोडल मोटरसाइकल शोरुममा पुगिसकेको कम्पनीले जनाएको छ । कम्पनीले यामाहा एफजेड एक्स, एमटी १५ र आर १५ भी ४ को २०२३ मोडल अबको केही दिनमा नै सार्वजनिक गर्ने तयारी स्वरुप मोटरसाइकल शोरुममा पठाएको हो ।

कम्पनीले ल्याउने २०२३ मोडल एमटी १५ ग्लस ब्ल्याक कलरमा आउने भएको छ । त्यस्तै कम्पनीले यसमा रातो कलरको अलोय ह्वील दिएको छ । त्यस्तै २०२३ एमटी १५ मा गोल्डेन कलर यूएसडी फर्क देखिएको छ ।

त्यस्तै, एफजेडएक्समा डबल च्यानल एबीएस दिइएको छ । यसमा कम्पनीले रेसिङ ब्लू सेड कलर अप्सनमा ल्याएको छ । कम्पनीले एफजेडएक्स र आर १५ भर्सन ४ मा गोल्डेन कलर अलाय ह्वील दिएको छ ।

यसका अलावा कुनै पनि मोटरसाइकलमा मेकानिकल परिर्वतन भने गरेको छैन । कम्पनीले २०२३ मोडलका कस्मेटिक परिर्वतन गरेर ल्याएको हो ।

शोरुममा पुगिसकेको यी तीन मोडलका मोटरसाइकल फेब्रुअरी १३ तारिखमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।


Back_to_top