काठमाडौं । महिन्द्रा भारतमा एसयूभी एक्सपर्टको रुपमा चिनिन्छ । नेपालमा भने धेरैले महिन्द्रा भनेपछि स्कर्पियो र बोलेरो सम्झन्छन् । यी दुबै स्कर्पियो र बोलेरो डिजेल इन्जिन भएका गाडी हुन् ।
भारतीय एसयूभी निर्माताले अब भने आफ्नो चर्चित एसयूभी स्कर्पियोलाई इलेक्ट्रीकमा पनि ल्याउने भएको छ । कम्पनीले भिजन–एसको टिजर भिडियो सार्वजनिक गर्दै स्कर्पियोलाई इलेक्ट्रीकमा ल्याउने संकेत दिएको हो ।
टिजरमा देखिएको गाडी स्कर्पियो एन हो । त्यसको इलेक्ट्रीक कन्सेप्ट भारतको स्वतन्त्रता दिवस दिन पारेर सार्वजनिक गर्न लागेको हो । महिन्द्राले पछिल्ला आफ्ना सबै एसयूभीको कन्सेप्ट स्वतन्त्रता दिवसकै दिन सार्वजनिक गर्दै आएको छ ।
केही दिन अगाडि भिजन-टीको पनि टिजर बाहिर आएको थियो । भिजन-टीमा थार एसयूभी देख्न सकिन्छ । यसको कन्सेप्ट भने पहिल्यै सार्वजनिक भएको थियो ।
महिन्द्राले यसअघि स्कर्पियो पीकअपको इलेक्ट्रीक भर्सन पनि देखाइसकेको छ । कम्पनीले सन् २०२३ मै यसको पीकअप देखाएको थियो ।