महिन्द्राको एक्सयूभी ९०० इलेक्ट्रीक आकर्षक बाहिरी बनोट र भित्र लग्जरी फिचर लोडेड हुने अनुमान गरिएको छ । कुप्पे डिजाइन महिन्द्राको उत्पादन लाइनअपमा नयाँ विधा हो । यसको टिजरमा देखाए अनुसार यसको एक्टेरियर निकै आकर्षक स्लीक डिजाइनमा देख्न सकिन्छ ।
अगाडि फ्रन्ट फेसिकाको वारपार पूरै एलइडी डिआरएल, पछाडिको टेललाइट र मिरर पनि यही डिजाइन फिलोसोफिमा तयार गरिएको छ । यसमा यूनिक डिजाइनको अलोय ह्वीलका साथै अन्य डिजाइनमा उदार आयामहरुको टच पाइनेछ ।
फ्चरिस्टीक इन्टेरियर स्टाइल
यसको टिजरमा देखाए अनुसार क्यावीन अत्याधिक फ्यूचरिस्टीक रहेको छ । यसको सेन्टर कन्सोल, ड्याबोर्ड साथै ड्राइभर साइड डोरमा लिड लाइटको बार रहेको छ । यसमा हेक्जागनल स्टेरिङ ह्वीलका साथै बकेट सिट उपलब्ध हुनेछ ।
इक्युपमेन्टहरुले भरिपूर्ण
नयाँ एक्सयूभी ९०० मा डियूल स्कृन सेटअप रहने छ । जसमा टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल इन्फरर्मेशन क्लष्टर फरक फरक हुनेछ । पानारोमीक सनरुफ, ओआरभीएमको सट्टा रियर भ्यू क्यामरा, अल एलइडी लाइट, इलेक्टीक पार्किङ ब्रेकले कारलाई प्रिमियम बनाउने छ ।
इलेक्ट्रीक पावरट्रेन
एक्सयूभी ९०० महिन्द्राको नयाँ ‘बर्न इभी प्लेटफर्म’मा बन्नेछ । भनाईको मतलब यो अल इलेक्ट्रीक प्लेटफर्ममा महिनान्द्राले बनाउन लागेको पहिलो कार हुनेछ । यसमा प्रयोग हुने ब्याट्री र मोटरको बारेमा कुनै जानकारी बाहिर नआएपनि सिंगल चार्जमा ५०० किलोमिटर भन्दा बढी रेन्ज दिने बताइएको छ ।
अर्को महिना सार्वजनिक हुने
महिन्द्राले बर्न इभी प्लेटफर्ममा आधारित तीनवटै कारहरु अर्को महिना सार्वजनिक हुने छन् । कन्सेप्टको रुपमा अर्को महिना बजारमा आउने इभीको वास्तविक उत्पादन हुन भने अझै केही वर्ष लाग्ने छ । ‘बर्न इभी प्लेटफर्म’मा बन्ने कारहरु सन् २०२५ बाट विक्री सुरु हुने छन् ।


