काठमाडौं । भारतकै सबैभन्दा धेरै नेटवर्थ रहेको अटोमोबाइल कम्पनी बजाजले १६० सीसी क्षमताको नयाँ मोटरसाइकल परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएका छन् । कम्पनीले केही दिनअघि नयाँ जेनेरेशन पल्सर पनि परिक्षण गरिरहेको तस्विर बाहिर आएको थियो ।
झट्ट हेर्दा १६० सीसी क्षमताको पल्सर एनएस जस्तै देखिने नयाँ मोटरसाइकल धेरै कभर नगरिएको अवस्थामा परिक्षण भएको तस्विर बाहिर आएका हुन् । केही दिनअघि परिक्षणमा देखिएको पल्सर भने पूर्णरुपमा ढाकिएको थियो ।
अधिकांश हाडवयेर पुरानै एनएस १६० बाट प्रेरित रहेको देखिए पनि नयाँ मोटरसाइकलमा पल्सर एन २५० को प्लेटफर्म प्रयोग भएको अनुमान गर्न सकिन्छ । त्यसैले यो नयाँ जेनेरेशन पल्सर नै भएको विश्वास गर्न सकिन्छ ।
बजाजले एनएस १६० को इन्जिन परिवर्तन गरेको देख्न सकिन्छ । पल्सर एनएसको नयाँ मोडलमा टुइन स्पार्क, फ्यूल इन्जेक्टेड डिटीएसआई इन्जिन रहने छ ।
सहरी क्षेत्रलाई ध्यानमा राखेर तयार भएको मोटरसाइकलमा नयाँ एग्जस्ट, एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, सार्प र मस्कुल फ्यूल ट्याङक, नयाँ डिजाइनको टेल लाइट जस्ता विशेषता पाउन सकिन्छ ।


