भिटारा ब्रेजा किन्नेले मासिक ३० हजार किस्ता तिर्नु पर्ने

काठमाडौं । सब फोर मिटर सेग्मेन्टमा सर्वाधिक विक्री हुने मारुती सुजुकी ब्रेजा मासिक ३० हजार २ सय रुपैयाँ तिर्नेगरि ग्राहकले खरिद गर्न सक्ने छन् । मारुती सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले विक्री गर्दै आएको ब्रेजा पेट्रोल इन्जिनमा आएसँग यसको माग उच्च भएको हो ।

कम्पनीले ब्रेजाको तीन भेरियन्ट नेपालमा विक्री गर्दै आएको छ । हामीले यहाँ प्रस्तुत गरेको मासिक किस्ता ब्रेजा भिएक्सआई भेरियन्टको हो ।

कम्पनीले यस भेरियन्टको मूल्य ४१ लाख ६९ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ । यसमा स्टायडर्ड डिस्काउन्ट १ लाख ७० हजार प्रदान गर्ने कम्पनीले जनाएको छ । डिस्काउन्टपछि ब्रेजा भिएक्सआईको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ हुन आउँछ ।

अहिले बैंकबाट कर्जा लिएर ब्रेजा किन्दा ५० प्रतिशत डाउन पेमेन्ट वापत १९ लाख ९९ हजार ५०० रुपैयाँ ग्राहकले पहिले तिर्नु पर्छ भने ५० प्रतिशत कर्जा सुविधा लिन सकिन्छ । यसरी लिएको कर्जा ७ प्रतिशत व्याजदरमा पाउन सकिन्छ भने ७ वर्ष भित्र तिरिसक्नु पर्ने हुन्छ ।

यस्तो छ तीन भेरियन्टको मूल्य

ब्रेजाको सबैभन्दा कम मूल्यको भेरियन्ट भिएक्सआई रहेको छ । यसको मूल्य ४१ लाख ६९ हजार, जेडएक्सआई भेरियन्टको मूल्य ४४ लाख ६९ हजार र जेडएक्सआई ड्यूल टोनको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यस्ता छन् फिचर

मारुती सुजुकीले यसअघि रहेको १.३ लिटर डिजेल इन्जिनलाई परिवर्तन गरेर १.५ लिटर पेट्रोल इन्जिनमा ल्याएसँगै यसको माग नेपालमा बढेको देखिन्छ । यसमा रहेको १४६२ सीसी क्षमताको ‘के १५ बी’ पेट्रोल इन्जिनले अधिकतम ६००० आरपीएममा १०५ बीएच पावर र ४४०० आरपीएममा १३८ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

माइलेको कारण पनि ब्रेजा चर्चामा रहेको छ । यसले प्रतिलिटर १८ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ । यद्यपी सडकमा यसको माइलेज १२ देखि १४ किलोमिटर प्रतिलिटर हुने विभिन्न परिक्षणले देखाएको छ ।

परम्परागत डिजाइनमा तयार भएको एसयूभी भएपनि ग्राहकले यसको बाहिरी बनोट निकै स्पोर्टी पाउन सक्छन् । फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, स्क्यावर सेप ह्वील, मस्कुलर बम्पर, अगाडि र पछाडि दिइएको स्कीड प्लेट आदिले यसलाई आकर्षक देखाएको छ ।


Back_to_top