पोखरामा अहिलेसम्मकै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लू वृद्धि

पोखरा । नेपालका लागि दीपल, सेरेस र नामी ब्राण्डका इलेक्ट्रीक भेहिकलको वितरक एमएडब्लू वृद्धिले पोखरामा अहिलेसम्मकै ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लू वृद्धिले पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मा असोज १३ देखि १५ गतेसम्म ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो ।

यो विशेष कार्यक्रममा इलेक्ट्रीक सवारीसाधनमा चाख राख्ने गण्डकीका ग्राहकले काठमाडौंका टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रीक कार खरिद गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

एमएडब्लू वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दीपल, सेरेस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न पाउने छन् । उक्त अफर अन्तर्गत दीपल एस ०७ बजेट अघिको मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने छन् ।

साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नेछन् भने नामी ईभीमा गाडीसँगै ७ किलोवाटको चार्जर पाउने छन् ।

यस एक्सचेन्ज क्याम्पमा टेष्ट ड्राइभ गर्ने र पुरानो गाडीको मूल्यांकन गर्ने हरेकले आकर्षक उपहार पाउनेछन् । यसबाहेक तत्कालै फाइनान्स सुविधासँगै तत्कालै गाडी डेलिभरी समेत पाउने छन् ।

दीपल, सेरेस र नामीका ग्राहकले ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा गाडी किनेर घर लान सक्ने छन् । यस कार्यक्रममा सहभागी हुने एक जना भाग्यशाली विजेताले रुपाकोटको स्टेसमेत जित्ने छन् ।


Back_to_top