एकैपटक २५ ईभीलाई सेवा दिने अत्याधुनिक सर्भिस सेन्टर बनाउँदै एमएडब्लू, यी ठाउँमा बन्ने

काठमाडौं । एमएडब्लू वृद्धिले काठमाडौं उपत्यकामा थप दुई विद्युतीय सवारी साधन (ईभी) सर्भिस सेन्टर निर्माण गर्ने भएको छ ।

कम्पनीले बालकुमारी र बसुन्धरामा दुई वटा अत्याधुनिक ईभी सर्भिस सेन्टर संचालनमा ल्याउने भएको हो ।

एमएडब्लूले ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञ स्तरको सेवाप्रदान गर्ने उद्देश्यले ईभी सर्भिस सेन्टर निर्माण गरेको हो ।

कम्पनीका अनुसार हाल ती सर्भिस सेन्टर निर्माणको चरणमा छन् । यी नयाँ सर्भिस सेन्टरहरू आगामी ३ देखि ५ महिनाभित्र पूर्ण रूपमा संचालनमा आइसक्ने कम्पनीले जनाएको छ ।

ती सर्भिस सेन्टरमा २५ वटा विशेष ‘सर्भिस बे’हरू रहनेछन् । जहाँ एकैपटक २५ वटा गाडीको सर्भिसिङ गर्न सकिनेछ । यससँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या ३ पुग्नेछ।

नयाँ दुई सर्भिस सेन्टरमा दीपल, डोङफेङ र सेरेस ब्राण्डका विद्युतीय सवारी साधन सर्भिसिङ गरिने कम्पनीले जनाएको छ ।


Back_to_top