नामी र सेरेस ईभीमा प्रि-न्यू इयर अफर, नाडाकै मूल्यमा किन्न पाइने

काठमाडौं । एमएडब्लू वृद्धिले डोङफेङ नामी र सेरेस ईभीमा प्रि-न्यू इयर ब्याश नामक इयर-इण्ड अफर ल्याएको छ ।

कम्पनीले अंग्रेजी नयाँ वर्षमा प्रिमियम इलेक्ट्रीक गाडी किन्न चाहने ग्राहकलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।

कम्पनीका अनुसार डोङफेङ नामीको एक्सक्लुसिभ अफर अन्तर्गत ग्राहकहरूले अब नामी भिगो र नामी ०१ गत भदौमा सम्पन्न नाडा अटो शोकै मूल्यमा किन्न सक्नेछन् ।

साथै, प्रत्येक ग्राहकले निःशुल्क ७ किलोवाट होम चार्जर, ३.५ किलोवाट पोर्टेबल चार्जर, निःशुल्क अटो प्लस इन्स्योरेन्स पाउने कम्पनीले जनाएको छ ।

नामी ग्राहकहरू विशेष लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन्, जहाँ तीनजना विजेताले थाइल्यान्ड भ्रमण र एक भाग्यशाली ग्राहकले अइफोन १७ प्रो म्याक्स जित्ने मौका पाउने छन् ।

एमएडब्लू वृद्धिले नाडामा सार्वजनिक गरेको नयाँ कार नामी भिगो मा १ लाख रुपैयाँ छुट दिएको थियो । कम्पनीले नामी भिगो ई-२ ३७ लाख ९९ हजार रुपैयाँ र ई-२ प्लसको मूल्य ४० लाख ९९ हजार रुपैयाँमा किन्न सकिने जनाएको छ । नामी भिगो ई-२ को वास्तविक मूल्य ३८ लाख ९९ हजारर ई-२ प्लसको ४१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, सेरेसका ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको लाभ पाउने छन् । जसमा आकर्षक क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्युरेन्स, निःशुल्क एक्सेसरिज, उच्च मूल्यांकन सहितको एक्सचेञ्ज अफर र एक्सचेञ्ज बोनस पाउने छन् ।

प्रि-न्यू इयर ब्याशका सबै अफरहरू डोङफेङ नामी र सेरेसका देशभरका शोरूमहरूमा उपलब्ध रहेको छ ।


Back_to_top