काठमाडौं । फ्रान्सेसी अटो कम्पनी रेनोले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी मेगानको तस्विरहरु सार्वजनिक गरेको छ । रेनोको नयाँ इलेक्ट्रीक एसयूभी रेनो क्याप्चरको साइजमा हुनेछ । यसको पहिलो कन्सेप्ट भने कम्पनीले गतवर्ष देखाएको थियो । कम्पनीले सन् २०२५ सम्ममा २४ वटा इलेक्ट्रीक मोडल बनाउने लक्ष्य लिएर गाडी उत्पादन सुरु गरेको हो ।
टिजर इमेजमा देखाइए अनुसार मेगानको टेलल्याम्प गतसालको कन्सेप्ट जस्तै देखिएको छ । यो मोडल रेनोको पहिलो सीएफएम इभी प्ल्याटफर्ममा उत्पादन हुने गाडी हो । जुन प्ल्याटफर्म रेनो-निसान-मित्सुवीसी एलायन्स अन्तर्गत विकास गरिएको हो । यही प्ल्याटफर्ममा निसानको आरियाको उत्पादन सफलरुपमा भइसकेको छ ।
मेगानको इन्टेरियरमा अग्रेजी अक्षर एलसेपको इन्फोटेन्मेन्ट सिस्टम जडान भएको छ, जसले यसको क्याविनलाई विल्कुलै फरक लुक्स प्रदान गर्नेछ ।
रेनोको मेगान इटेकमा २१७ हर्स पावरको इलेक्ट्रीक मोटर रहने छ । जसले ३०० एनएमको पिक टर्क प्रदान गर्नेछ । यो एसयूभीलाई ० वाट १०० किलोमिटरको गति समाउन केवल ८ सेकेन्ड लाग्ने दावी कम्पनीको छ ।
यस एसयूभीमा ६० किलोवाट आवर क्षमताको व्याट्री रहने छ । यसलाई एक पटकको फुलचार्जमा ४५० किलोमिटर चलाउन सकिने कम्पनीको दावी रहेको छ । यस कारमा ७ किलोवाटको सिगंलफेज वालमाउन्ट चार्जर रहने छ । यसलाई फुलचार्ज गर्न कति समय लाग्ने भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । यो कारलाई फास्ट चार्जरले ३० मिनेट चार्ज गर्दा १९८ किलोमिटर चलाउन सकिने जनाइएको छ ।


