काठमाडौं । अटोमोटिभ्स प्रालिद्धारा आयोजित छैटौं संस्करणको मेरोअटो मोटर र्याली २०२६ सुरू भएको छ ।
शुक्रबार बिहान काठमाडौंको दरवारमार्गस्थित चार्लिज क्याफेबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डे, नाडका सचिव मेघराज पौडेल, महिन्द्रा नेपाल कन्ट्री हेड महेश ठाकुरले संयुक्त रूपमा फ्ल्याग अफ गर्दै र्यालीको शुभारम्भ गरेका हुन् ।
दरवारमार्गबाट सुरू भएको र्याली कलंकी-नागढुंगा-गल्छी-मुग्लिन-आँबुखैरेनी-दमौली हुँदै पोखरा लेकसाइड पुगेर सम्पन्न हुनेछ ।
उक्त र्यालीमा ४० भन्दा धेरै कार र १०० जना सहभागी भएका छन् । र्यालीमा अटोमोबाइल, लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, इन्स्योरेन्स, मिडिया लगायत क्षेत्रका व्यक्तिहरू सहभागी छन् ।

र्यालीकै दौरान मेरोअटोले नुवाकोटको तारुकाघाटस्थित श्री गणेशमासिंह स्मृति आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री र तनहुँ प्रहरी कार्यालयलाई उद्दार सामग्री प्रदान गर्ने कार्यक्रम समेत रहेको छ ।
मेरोअटो मोटर र्याली २०२६ को मुख्य प्रायोजक टोटल इनर्जी रहेको छ । इन एसोसिएसन विथ महिन्द्रा (अग्नि इन्कर्पोरेटेड) रहेको र्यालीको पर्फमेन्स पार्टनर सियट टायर रहेको छ ।
र्यालीको सपोटेड बाइमा ओमोडा/जेको, आइकार, निसान, लीपमोटर, एमजी नेपाल, लक्ष्मी हुन्डाई, जिली र म्याक्सस रहेका छन् ।
त्यस्तै, इन्स्योरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्स्योरेन्स, डेस्टिनेसन पार्टनर इलाइट मोटर, फ्यागअफ स्पट पार्टनर चार्लिज क्याफे, स्पीड पार्टनर गभर्नर ह्वीस्की र चिलिङ पार्टनर यती ब्रुअरी रहेको छ ।
मेरो अटोले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा मोटर र्याली आयोजना गर्दै आएको छ । पहिलो संस्करणको र्याली सन् २०२१ को काठमाडौं-सुकुटेसम्म भएको थियो ।
त्यस्तै, दोस्रो संस्करणको काठमाडौं-मूलकोट, तेस्रो काठमाडौं-त्रिशूली, चौथौं काठमाडौं-सौराहा र पाँचौं काठमाडौं-सुकुटे भएको थियो ।


