एमजी जेडएस र बीवाइडी एटो-३ मा यस्ता छन् भिन्नता

काठमाडौं । इलेक्ट्रीक एसयूभीको बढ्दो मागलाई विक्रेताहरुले पुरा गर्न सकेका छैनन् । अहिले विशेषत एमजी, हुन्डाई र बीवाइडीले इलेक्ट्रीक गाडी बजारमा उपलब्ध गराउँदै आएका छन् । तर, यी सबै ब्राण्डका इभी सहजै बजारमा उपलब्ध छैनन् ।

लामो ‘वेटिङ पिरियड’ भएको कारण धेरै मानिसले दिक्क मानेर पुनः कम्बस्चन इन्जिन तिरै फर्केको पनि भेटिन्छ । सप्लाईमा देखिएको समस्या बीच बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले एटो-३ मोडल नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ ।

नेपालकै सर्वाधिक सफल इलेक्ट्रक एसयूभी एमजी जेडएस इभीसँग सिधा प्रतिस्पर्धा गर्नेगरी नेपाल आउन लागेको एटो-३ र एमजी जेडएस इभीमा धेरै फिचरमा फरक पाउन सकिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा उपलब्ध एमजी जेडएसको दुबै भेरियन्ट नेपाल आउने छ । आधिकारीक वितरक पारामाउन्ट मोटर्सले यी दुबै भेरियन्टको बुकिङ लिएर बसेको छ भने बीवाइडीले लङ रेन्ज मोडल मात्रै सुरुमा ल्याउने जनाएको छ ।

त्यसैले हामीले दुबै ब्राण्डले उत्पादन गरेको लङ रेन्ज मोडलको मात्रै फिचर यहाँ उल्लेख गरेका छौं । एमजी जेडएस इभी लङ रेन्जको मूल्य ६० लाख रुपैयाँ रहेको छ भने एटो-३ को मूल्य ६२ देखि ६४ लाख भित्रै रहने छ ।

यी दुई गाडीको बीचमा रहेका फिचर तल टेवलमा हेर्न सकिन्छ ।


Back_to_top