मित्शुवीसीले सार्वजनिक गर्‍यो एयरट्रेक एसयूभी, फुलचार्जमा ५२० किमि रेञ्ज

काठमाडौं । जापानी कार निर्माता मित्शुवीसीले फुल इलेक्ट्रीक एसयूभी एयरट्रेक सार्वजनिक गरेको छ । कम्पनी अटो ग्वान्जाओमा एयरट्रेक सार्वजनिक गरेको हो ।

मित्शुवीसीको चिरपरिचीत ग्रिलको साथ बजारमा आएको यो एसयूभी निकै फ्रेस डिजाइनमा देखिन्छ । कम्पनीले यसको रेञ्ज पनि उत्कृष्ट अफर गरेको छ । ७० किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्रयोग भएको यो एसयूभीलाई एक पटकको फुलचार्जमा ५२० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले दावी गरेको छ ।

मित्शुवीसीका अनुसार एयरट्रेकको बीच भागमा व्याट्री दिइएको छ । जसको कारण एसयूभीको अगाडि र पछाडिको भागमा धेरै दवाव पर्दैन । जसको कारण यसको रेञ्ज पनि उत्कृष्ट उपलब्ध रहने छ ।

निकै ठूलो र खुल्ला इन्टेरियरमा उपलब्ध एयरट्रेकमा होरिजेन्टल थिममा इन्ट्रुमेन्ट प्यानल निर्माण गरिएको छ । यात्रामा यात्रुलाई कुनै किसिमको समस्या नहोस् भनेर कम्पनीले निकै सफ्ट र आरामदायी फिचर यसमा दिएको छ । यसको ह्वीलवेस २८३० एमएम लामो रहेको छ ।

एयरट्रेक इलेक्ट्रीक एसयूभीमा कति क्षमताको मोटर रहने छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । यद्यपी विभिन्न रिपोर्टलाई आधार मान्ने हो भने यसका १३५ किलोवाट क्षमताको मोटर जडान हुनेछ । यसको लम्बाई भने ४६३० एमएम रहेको छ ।


Back_to_top