महिन्द्राका गाडी सर्भिसमा नयाँ अफरः पार्टसमा १० र ल्यूवमा १२ प्रतिशत छुट

काठमाडौं । महिन्द्राको आधिकारीक सर्भिस सेन्टर एमके अटो वर्कसले सर्भिस कस्टुमरलाई लक्षितगरि नयाँ अफर सार्वजनिक गरेको छ ।  काठमाडौंको सिनामङ्गलमा रहेको सर्भिस सेन्टरले गाडीका पार्टसमा १० प्रतिशत र ल्यूवमा १२ प्रतिशतको छुट अफर ल्याएको हो ।

महिन्द्रा गाडीको लागि नेपालको आधिकारीक सर्भिस सेन्टर बालाजु अटोवर्कले संचालनमा ल्याएको यस सर्भिस सेन्टरले ग्राहक लक्षित नयाँ सर्भिस योजना ल्याएको हो । वर्कशपका संचालक मुकेशकुमार गुप्ताले उक्त योजना अन्तर्गत महिन्द्राको सबै कारको अटो पार्टसमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने जानकारी दिए । त्यस्तै, ल्युब्रीकेन्टमा १२ प्रतिशतसम्म छुट दिने उनले बताए ।

‘महिन्द्राको सबै गाडीमा उक्त अफर प्रदान गरिने छ । अटो पार्टसमा केही छुटको व्यवस्था गरिएको छ भने, सर्भिसिङ्ग भने निःशुल्क गर्ने योजना ल्याएका छौं । यसले, ग्राहकलाई थप आकर्षित गर्ने हाम्रो अपेक्षा छ’ गुप्ताले मेरोअटोसँग भने ।

गुप्ताले आगामी आइतबार (२६ गतेदेखि ३१ गते) शुक्रबारसम्म संचालन हुने सर्भिस योजना अन्र्तगत फ्रि सर्भिसिङको अफर प्रदान गर्ने जानकारी दिएका हुन् । सर्भिस अफरका विषयमा थप जानकारी लिनका लागि एमके अटो वर्कसमा सम्पर्क गर्न  यहाँ क्लिक गर्नुस् ।

विगत चार वर्षदेखि सिनामंगलको पेट्रोल पम्प नजिकै संचालन हुँदै आएको यस सर्भिस सेन्टरले भरपर्दाे सर्भिसिङ सुविधा प्रदान गर्दै आएको छ । सर्भिस सेन्टरबाट २४सैं घन्टा भरपर्दाे तथा प्रभावकारी सर्भिस प्रदान गर्दै आएको गुप्ताले दाबी गरे ।


Back_to_top