काठमाडौं । सन् २०२३ मा सबैभन्दा धेरै बिक्री भएको कार मोडलमा इलेक्ट्रीकले कब्जा जमाएको छ । अमेरिकी प्रिमियम ब्राण्ड टेस्लाको मोडल एक्स सन् २०२३ मा सर्वाधिक बिक्री भएको मोडल बनेको हो ।
एक वर्षको अवधिमा १२ लाख २३ हजार यूनिट बिक्री सहित टेस्ला मोडल एक्स वटा बिक्री भएर सबैभन्दा धेरै बिक्ने कार मोडल बन्न सफल भएको हो । टेस्ला मोडल एक्सले धेरै वर्षदेखि नम्बर १ सेलिङ मोडल टोयोटा र्याभ फोरलाई पछाडि पारेको हो ।
दोस्रो धेरै बिक्री भएको र्याभफोर १० लाख ७५ हजार यूनिट बिक्री भएको थियो । तेस्रोमा धेरै बिक्री होन्डा सीआरभी भएको छ । होन्डा सिआरभी ८ लाख ४६ हजार यूनिट बिक्री भएको थियो ।
चौथो र पाँचौ धेरै बिक्ने मोडल टोयोटाकै छन् । टोयोटा कोरोला सेडान ८ लाख ३ हजार यूनिट बिक्री हुँदा कोरोला क्रस ७ लाख १६ हजार यूनिट बिक्री भएको थियो ।
नेपालमा उपलब्ध कुन मोडल कति बिक्री भए ?
नेपालमा बिक्री भइरहेको मोडलमा टोयोटा हाइलक्स ६ लाख ५ हजार बिक्री सहित ८ औं धेरै बिक्ने मोडल भएको छ । त्यस्तै टेस्ला मोडल ३ को बिक्री ५ लाख ९ हजार यूनीट सहित १० औ स्थानमा छ ।
निसान एक्सट्रयाल ४ लाख ६२ हजार युनिट बिकेर १३ औ स्थानमा छ । हुन्डाई टुसान २ लाख २३ हजार वटा बिकेर १५ स्थानमा रहेको थियो ।
माज्दा सीएक्स ५ गतवर्ष ३ लाख ५७ हजार बिक्री भएर २२ औं स्थानमा रहँदा अर्को इलेक्ट्रीक एसयूभी बीवाइडी एटो–थ्री ३ लाख ५६ हजार यूनिट बिक्री भएको थियो । २४ औं स्थानमा सुजुकी स्वीफ्ट ३ लाख ५४ हजार यूनिट बिक्री भएको हो ।
फोर्ड रेन्जर ३ लाख ३३ हजार र किया सेल्टोस ३ लाख ३२ हजार सहित क्रमश २७ र २८ औ स्थानमा छन् ।
गतवर्ष कियाकै अर्को मोडल स्पोर्टेज ३ लाख १४ हजार, फक्सवागेन टाइगुन अलस्पेश तथा बीवाइडी डल्फीन ३ लाख ९ हजार बिक्री भएको थियो । हुन्डाई क्रेटा २ लाख ९३ हजार बिक्री हुँदा हाभलको एच–सिक्स २ लाख ८० हजार यूनिट विश्व बजारमा बिक्री भएका थिए ।
बीएमडब्लु एक्स–थ्री २ लाख ७९ हजार युनिट बिक्री हुँदा हुन्डाई कोना २ लाख ६४ हजार यूनिट बिक्री भएको थियो ।


