काठमाडौं । बागमती प्रदेश सरकारले मोटरसाइकलमा लाग्दै आएको वार्षिक कर वृद्धि गरेको छ । बागमती प्रदेशको आर्थिक ऐन २०८० ले मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको वार्षिक कर वृद्धि गरेको हो ।
सरकारले इन्टरनल कम्वश्चन इन्जिन भएका मोटरसाइलकरमा लाग्दै आएको कर बढाएको हो भने, इलेक्ट्रीकतर्फ नयाँ क्याटागोरी थप गरेको हो ।
२२५ सीसीसम्मका इन्जिन भएका दुई पाङ्ग्रे सावरी साधानमा लाग्दै आएको वार्षिक करमा हेरफेर गरेको छैन । २२५ सीसीदेखि माथि ४०० सीसी सेग्मेन्टमा लाग्दै आएको ११ हजार करबाट १ हजार रुपैयाँले बढाएर १२ हजार रुपैयाँ पुर्याएको छ ।

त्यस्तै, ४०० देखि ६५० सीसीसम्मका मोटरसाइकलमा लाग्दै आएको २० हजार र ६५० सीसीदेखि लाग्दै आएको ३० हजार वार्षिक करमा ५/५ हजारका दरले वृद्धि गर्दै क्रमश २५ हजार र ३५ हजार रुपैयाँ पुर्याइएको हो ।
त्यसैगरी, इलेक्ट्रीकतर्फ यसअघि ३५० वाटभन्दा माथिका मोटरसाइकल तथा स्कुटरमा कर लाग्दै आएकोमा अहिले क्याटागोरी थप गर्दै ५० वाटसम्म मोटर भएको मोटरसाइकल तथा स्कुटरमा वार्षिक १ हजार रुपैयाँ कर लगाइएको छ ।

५० देखि ३५० वाटसम्म १ हजार ५०० रुपैयाँ कर लाग्ने भएको हो । यसअघि यी दुई सेग्मेन्टमा कर लाग्ने व्यवास्था थिएन । ३५० वाटभन्दा माथि लाग्दै आएको अन्य सेग्मेन्टमा भने यथावत राखिएको छ ।

