नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः ६ घन्टा बन्द

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ । निर्माणसम्पन्न १२ प्रतिशत मात्रै बाँकी रहेको सडकखन्ड आयोजनाले शनिवार एकदिन नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो । 

आइतबार देखि पुनः विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ ।

सडकको हालसम्म ८८ प्रतिशत काम सकिएको छ । अव सडक निर्माणको समयावधि जेठ १५ गते सम्म मात्रै रहेको छ । भरतपुरको आँपटारीबाट मुग्लिनसम्म ३३.२ किलोमिटर रहेको सडकको २८.५ किलोमिटर सडक पहिलो तह पिच भैसकेको छ । दोस्रो तह २५ किलोमिटर र तेस्रो तह ५.५ किलोमिटर पिच भएको छ ।

विहान १० बजेअघि जुगेडी पार गरिसकेका सवारी साधनलाई जान दिइनेछ । नारायणगढबाट जाने सवारी साधानलाई जुगेडी, भतेरीको जंगल रामनगर र आँपटारीमा रोकिने छ भने, मुग्लिनबाट आउने सवारी साधनलाई मुग्लिन, आँबुखैरहनीका विभिन्न क्षेत्रमा रोकिने छ । 


Back_to_top