चीनले बनायो सवारीसाधन गुड्दै चार्ज हुने अनौठो सडक

काठमाडौं । चीनले अटोमोबाइल क्षेत्रमा नयाँ तरङ्ग पैदा गरिदिएको छ । उसले मानिसले सपनामा सोचे जस्तो सडकमा गाडी गुड्दा गुड्दै चार्ज हुने कार निर्माण गर्न सफलता पाएको छ । 

ब्लुमबर्गको रिपोर्ट अनुसार चीनले अटोमेशन ड्राइभिङ फ्युचरको सोलार प्यानल, म्यापिङ सेन्सर र गुड्दा गुद्दै चार्ज हुने ब्याट्रीको सपोट बनाउन सफल भएको छ । जसलाई चीनले इन्टेलिजेन्ट हाईवेको रुपमा परिक्षण गरेको छ । 

यसलाई अटोमोबाइलका जानकारहरुले चमत्कारीक खोज भनेका छन् । यसले अब ट्रन्स्पोर्टको भविष्यलाई परिर्वतन गर्ने उनीहरुको दाबी रहेको छ । 

१ किलोमिटर ८० मिटर लामो सडक निर्माण गरेर यसमा परिक्षण गरिदै आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । 

गुड्दा गड्दै चार्ज

चीनको पूर्वी शहर जिनानमा यस्तो हाइवे निर्माण गरिएको छ । क्युली ट्रान्स्पोटेशन कम्पनीले निर्माण गरेको यो हाइवेमा यूनिक टेक्नोलोजिको प्रयोग गरिएको निर्माण कम्पनीले जनाएको छ । हाल दैनिक ४५ हजार सवारीसाधन यो मार्गमा गुड्ने गरेका छन् । 

यो सडकको मुनि ओछ्याईएको सोलार प्यानलबाट उत्पादन भएको बिजुली कार चार्जिङको अलावा सडक वत्ती र ८०० स्थानीय घरमा बिजुली बाल्न प्रयोग गरिदै आएको छ । 

अत्याधुनिक टेक्नोलोजीको प्रयोगबाट बिछ्याइएको सोलार प्यानलको माथि पारदर्शी कंक्रिटको प्रयोग गरिएको छ । सडकको सबैभन्दा तल्लोभागमा सोलार प्यानल र अन्य सेन्सरहरुको प्रयोग गरिएको छ । 

अचम्मत के छ भने चीनले यो सडक करिब ५५ दिनमा निर्माण सम्पन्न गरेको हो ।  


Back_to_top