विङ्गो कार किन्नेलाई नबिल बैंकले सस्तो ब्याजदरमा ऋण दिने

काठमाडौं । विलिङ विङ्गो ह्याचव्याक किन्ने ग्राहकले नबिल बैंकबाट सहज ऋण लिन सक्ने भएका छन् । बैंक र पारामाउन्ट मोटर्स बीच भएको सम्झौता अनुसार गाडी किन्न बैंकले ५ वर्षसम्म परिवर्तन नहुनेगरी ९.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने भएको हो ।

त्यसैगरी, गाडी किन्ने मासिले ७ वर्षे अवधिको अपरिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा १०.४९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन् । साथै, परिवर्तन हुने ब्याजदरमा रहेर कर्जा लिने ग्राहकले बैंकको बेस रेटमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम तिर्नेगरी कर्जा लिन सक्नेछन् ।

विङ्गो कारमा ब्यक्तिगत कर्जा लिँदा ८० प्रतिशतसम्म र फर्म वा कम्पनीको लागि ७० प्रतिशतसम्म ब्याजदर लाग्ने कम्पनीले जनाएको छ । बैंक र आयातकर्ता कम्पनी बीचको सम्झौताले विङ्गो ह्याचव्याक कार किन्ने ग्राहकले सहजै कर्जा सुविधा पाउने अवस्था बनेको हो ।

विलिङ विङ्गो सिंगल चार्जमा झण्डै ३३० किलोमिटर सीएलटीसी रेन्ज प्रमाणित भएको कार हो । निकै क्लासिकल डिजाइनमा तयार भएको कारमा थुप्रै आधुनिक फिचरहरु पाउन सकिन्छ ।


Back_to_top