काठमाडौं । नारायणगढबाट पोखरातर्फ जाने सवारीलाई सडक खुलाइएको छ । अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्दा अवरुद्ध भएको सडक पहिरो हटाइ संचालनमा ल्याइएको हो ।
सडक डिभिजन भरतपुरका अनुसार आज मध्याह्नदेखि नारायणगढबाट पोखरातर्फ जाने सवारीलाई सडक खुला गरिएको छ ।
तर, नारायणगढ–काठमाडौंको यात्रा भने बन्द नै गरिएको सडक डिभिजनले जनाएको छ ।
पृथ्वी राजमार्गको धादिङखण्डमा ७ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राजमार्गको कृष्णभिर, परेवाभिर, कमेरेभिर, ज्यामिरेघाट, तिगराङ खोला, जहरे र जवाङखोलामा पहिरो गएको छ । तीमध्ये केही ठाउँमो पहिरो पन्छाइएको छ भने केही ठाउँमा बाँकी नै छ ।

