काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ– बुटवल सडक निर्माण मन्सुन सकिए पछि मात्र सुरु हुने भएको छ । हाल सो सडक खण्ड निर्माणका लागि पूर्वतयारीका काम भइरहेको छ ।
सडक बिभाग अन्तर्गतको एडीबी शाखाका कार्यकारी निर्देशक सुरेश पौडेलका अनुसार पछिल्लो समय सो सडकखण्डमा कन्ट्रयाक्टरहरु परिचालनको काम भइसकेको छ । सो खण्डमा निर्माण सर्भे गर्ने काम भइरहेको उनले बताए ।
‘मन्सुन सकिए लगतै निर्माण कार्य थालनी हुन्छ, त्यसअघि निर्माण समाग्री निकाल्न नपाइने भएकाले त्यसै अनुसार कामको तयारी भइरहेको छ,’ पौडेलले मेरोअटोसँग भने ।
४ लेनमा विस्तार हुन लागेको सो सडकखण्ड साढे ३ वर्षसम्ममा निर्माण गरिसक्ने उनले बताए । उक्त सडकखण्डको निर्माण २०१९ फेब्रुअरी ३ बाट सुरु भएको हो ।
सो खण्डकको कुल ११४ किलोमिटर लम्बाई विस्तार गरि वस्ती भएको ठाउँमा दाँया बाँया ६÷६ मिटरको सर्भिस लेन समेत राखिने उनले जानकारी दिए ।
सहरी क्षेत्रमा कत्रो सडक ?
उक्त सडकखण्डमा सहरको हिस्सा २८.७ किलोमिटर छ । सहरी क्षेत्रमा सडक ४३ मिटरसम्म फराकिलो हुनेछ । विस्तारित सडक दुईतर्फ सात/सात मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुन्छ । बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की सोल्डर पनि बनाइने छ ।
सडकलाई एक अर्काबाट छुट्याउन तीन मिटरको मेडियन बनाइने छ । सडकखण्डको छेउमा रहेका बस्तीका लागि ‘सर्भिस लेन’ समेत निर्माण हुनेछ । सडकको दायाँ र बायाँ साढे ६÷६ मिटरको सर्भिस लेन हुनेछ । साथै सडकको दायाँ र बायाँ दुईरदुई मिटरको फुटपाथ निर्माण गरिनेछ ।
जंगल तथा ग्रमिण क्षेत्रमा
जंगल तथा ग्रामीण क्षेत्रमा सडकको चौडाइ २७ मिटरको हुनेछ । विस्तारित सडक दुईतर्फ सातरसात मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुन्छ । बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की सोल्डर पनि बनाइने छ । सडकलाई एक अर्काबाट छुट्याउनका लागि तीन मिटरको मेडियनसमेत बनाइने छ ।
पहाडी क्षेत्र
पहाडी क्षेत्रमा भने तीन लेनको मात्र सडक निर्माण गरिनेछ । लेन साढे तीन मिटरकै हुनेछ । उकालो चढ्ने सवारीका लागि दुई लेन र ओरालो झर्ने सवारीका लागि एक लेन मात्र निर्माण गरिनेछ ।
कर्पोरेसनले नारायणगढ–दाउन्ने सडकखन्ड स्तरोउन्नती गर्न व्याजसहित नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने–बुटबल सडकखण्डका लागि सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ कबुल गरेको हो ।
सडकको भौगलिक जटिलताका कारण पहाडी क्षेत्रमा तीन लेन मात्र बनाउन लागिएको निर्देशनालयले जनाएको छ । यस भागमा सोल्डरको चौडाइ ०.७५ मिटर मात्र हुनेछ ।
चाइना स्टेटले निर्माण गर्ने
नारायणगढ–बुटबल सडकखण्ड विस्तार गर्ने जिम्मा चिनियाँ कम्पनीले पाउने भएको छ । सडक विभाग अन्तर्गतको एसियाली विकास बैंक (एडीबी) निर्देशनालयले उक्त सडकखण्ड विस्तारका लागि आव्हान गरेको बोलपत्रमा चीनको चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले न्युन अंक कबुल गरेर ठेक्का प्राप्त गर्ने पक्का भएको छ ।
कर्पोरेसनले नारायणगढ–दाउन्ने सडकखण्ड स्तरोउन्नती गर्न व्याजसहित नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने–बुटबल सडकखण्डका लागि सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ कबुल गरेको हो ।
निर्देशक पौडेलका अनुसार, निर्देशनालयले कर्पोरेसनसँग ठेक्का प्रक्रिया अघि बढाएको छ र यही डिसेम्बर भित्रमा ठेक्का सम्झौंतगरी निर्माण कार्य अघि बढाउनेसमेत तयारी भइरहेको छ । निर्माण प्रक्रिया अघि बढेको साढे तीन वर्षमा सडक विस्तार पुरा गर्ने लक्ष्य राखिएको छ ।
निर्देशनालयले उक्त सडकखण्ड स्तरोउन्नती गर्नका लागि २०७५ बैशाख ७ गते बोलपत्र आव्हान गरेको थियो । दुवै पकेटमा नौ/नौ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए ।


