नेपाली राइडरले जिते र्याली अफ हिमालयाजको चौथो संस्करण

काठमाडौं । भारतमा हालै सम्पन्न र्याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी भयका छन् । साहले रोयल इन्फिल्ड हिमालयन ४११ मोटरसाइकल चलाएर नेपालको प्रतिनिधित्व गर्दै उपाधी जित्न सफल भएका हुन् ।

अक्टोवर २ देखि ६ अक्टोबरसम्म भारतमा आयोजना भएको र्याली अफ हिमालयज कार्यक्रम आयोजना भएको थियो ।

भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए ।

र्याली अफ हिमालयाज

र्याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय राइडहरुलाई समेटेर अफ्टयारा ट्रेलहरुमा मोटरसाइकल तथा राइडहरुको क्षमता परिक्षण गर्ने अवसर प्रदान गर्छ । इभेन्टले शारीरिक र मानसिक सहनशीलताको कठिन परीक्षण गर्दछ, जहाँ सहभागीहरूले सबैभन्दा उचाईका पासहरू, ठाडो पहाडी ट्र्याकहरू र चट्टानी सडकहरूमा राइड गर्नु पर्ने हुन्छ ।

सफलता पश्चात दीपक साहले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयी समेत बनेकोमा गौरवान्वित महसुस गरेको छु। रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चुनौतीपूर्ण भू–भागको सामना गर्नको लागि आत्मविश्वास महसुस गरेको छु र म आफ्नो देशलाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहन्छु।’


Back_to_top