१० लाख पर्ने इलेक्ट्रीक बाइकको बिक्री सुरू

काठमाडौं । नेपाली बजारमा अल्ट्रभोइलेटको इलेक्ट्रीक बाइक आधिकारीक रुपमा बिक्री सुरु भएको छ । नेपालका लागि आधिकारीक वितरक केडिया समूहले ९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर अल्ट्रभोइलेटको बिक्री सुरु गरेको हो ।

कम्पनीले नेपाल भित्र्याएको एफ ७७ म्याच टूमा २७/३० किलोवाट पीक पावर क्षमताको मोटर छ । यसमा १०.३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ ।

यसलाई एकपटकको फुलचार्जमा ३०७ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसले डिसी फास्ट चार्जर समेत सर्पोट गर्छ । यस्तै कम्पनीले ८ लाख किलोमिटर ब्याट्रीमा वारेन्टीसमेत दिएको छ ।

यसमा स्टयान्ड सेन्सर, हिल होल्ड, ट्रायाक्सन कन्ट्रोल, मनो डूयुल च्यानल एबिएस, डाइनामिक स्टयाबिलिटि कन्ट्रोल डिस्क ब्रेक, एलइडी डिस्प्ले, राइड मोड, एलइडी हेड लाइट्स जस्ता फिचर उपलब्ध छन् ।


Back_to_top