यूरो ४ लागु गर्न कर्मचारी र अटो व्यवसायी मिलेपनि मन्त्रीले गरे खारेज

काठमाडौं । नयाँ प्रदुषण मापदण्ड लागु गर्ने विषयमा लामो छलफलपछि सरकारी कर्मचारी र अटोमोवाइल व्यवसायी बीच तत्काल नेपाल प्रदुषण मापदण्ड ४ लागु गर्ने र त्यसको दुई वर्षपछि नेपाल प्रदुषण मापदण्ड ६ लागु गर्ने विषयमा सहमति भएको भएपनि त्यो सहमतिलाई बन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादबले खारेज गरिदिएका छन् ।

‘मन्त्रीज्यूले हामीले तयार गरेको प्रस्ताव खारेज गरिदिनु भएको छ । हामीले अहिले नै सबै विषय राजपत्रमा उल्लेख गरेर जाने र २ वर्ष भित्र नेपाल प्रदुषण मापदण्ड ६ लागु गर्ने योजना बनाएका थियौ’, प्रदुषण मापदण्ड कमिटिका एक सदस्यले मेरोअटोसँग भने ।

मन्त्री यादबले अन्तर्राष्ट्रिय फोरममा गएर प्रदुषण बढ्यो भन्ने तर, आफैँले सहजै निर्णय लिन सक्ने ठाउँमा पछि फकर्ने भन्दै कमिटिको प्रस्ताव खारेज गरेका हुन् । मन्त्रीले तत्काल नेपाल प्रदुषण मापदण्ड ६ तयार गर्नसमेत निर्देशन दिएका छन् ।

बैशाखबाट सबै किसिमका सवारीसाधन नेपाल प्रदुषण मापदण्ड ६ अनुसारको मात्रै आयत गर्न दिनेगरी व्यवस्था गर्न मन्त्रीले निर्देशन दिएका कारण त्यही अनुसार काम अगाडि बढ्ने अनुमान गर्न सकिन्छ ।

विक्रम सम्बत २०६९ सालमा नेपाल प्रदुषण मापदण्ड ३ लागु गरेको सरकारले त्यसपछि ९ वर्षसम्ममा नयाँ मापदण्ड लागु गर्न सकेको छैन ।

अहिले नेपालमा आयात हुने अधिकांश कारहरु बीएस ६ मापदण्ड, अधिकांश मोटरसाइकल बीएस ४ मापदण्ड र अधिकांश ठूला कमर्शियल गाडीहरु बीएस ३ मापदण्डका आयत हुँदै आएका छन् ।


Back_to_top