काठमाडौं । चर्चामा आएको करिब एक वर्षपछि मारुती सुजुकी सेलेरियोको नयाँ जेनेरेशन मोडल बजारमा आउने भएको छ । कम्पनीले यहि मे महिनामा यसलाई बजारमा उतार्ने तयारी गरिएको हो ।
मारुती सुजुकी सेलेरियो बि सेग्मेन्ट ह्याचव्याकमा निकै सफल मोडल रहँदै आएको छ । मारुती सुजुकी सेलेरियो सन् २०१४ मा पहिलो पटक बजारमा आएको मोडल हो ।
हाल भारतका विभिन्न स्थानमा यसको नयाँ जेनेरेशन मोडलको परिक्षण भइरहको तस्विरहरु बाहिर आइरहेका छन् । मिडियामा आएका ‘स्पाइ इमेज’का अनुसार नयाँ जेनेरेसन सेलेरियो पहिलाको भन्दा केहि ठूलो र हल्का अग्लो डिजाइनमा देख्न सकिन्छ ।
लामो ह्वीलवेस र बढेको ग्राउण्ड क्लियरेन्सले पहिलेको तुलनामा नयाँ सेलेरियो ठूलो हुने सहजै अनुमान गर्न सकिन्छ । यसको आकारले गर्दा क्रसओभर एसयूभीको लुक्समा देखिने पक्का छ । यसमा प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएल, नयाँ डिजाइनको अलोय ह्वील, टर्निङ लाइट सहितको ओआरभीएम तथा सुधारिएको फ्रन्ट तथा रियर बम्पर रहने अनुमान गरिएको छ ।
यसको इन्टेरियसमा पनि व्यापक परिवर्तन गरिएको छ । जसमा एप्पल कार प्ले तथा एन्ड्रोइड अटो सपोर्ट गर्ने ७ इन्चको स्मार्ट प्ले इन्फोटेन्मेन्ट सिस्टम दिएको छ । अन्य फिचरमा इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम, ड्यूल फ्रन्ट एयरव्याग, रिभर्स क्यामरा, सिटबेल्ड रिमान्डर तथा रियर पार्किङ सेन्सर आदि रहेका छन् ।
सेलेरियोमा पहिला रहेको १.० लिटर र नयाँ १.२ लिटरको चार सिलिण्डरको के१२ पेट्रोल इन्जिन रहने अनुमान गरिएको छ । तर, १.० लिटर इन्जिन भने तीन सिलिण्डरको हुने छ ।
यसमा रहने १.२ लिटर इन्जिनले ८३ बीएच पावर र ११३ एनएम टर्क तथा सानो इन्जिनले ६८ बीएच पावर र ९० एनएम पिक टर्क उत्पादन गर्नेछ । दुबै ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी गियरबक्स उपलब्ध हुने छ ।

