स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि बैंकरसम्मलाई टाटाको अफर

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नोवल कोरना भाईरस महामारी विरुद्ध अग्रपंक्तिमा कार्यरत ब्यक्तिहरुका लागि बिशेष योजना सार्वजनिक गरेको छ । यस प्रतिकुल परिस्थितिमा निरन्तर सेवा पुर्याउनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरु लगायत अग्रपंक्तिमा रहेर सेवा पुर्याउने सम्पुर्ण ब्यक्तिहरु यस योजनामा सहभागि हुन सक्ने कम्पनीले जनाएको छ ।

यस योजनामा ग्राहकले कम्पनीको पुर्व निर्धारित सुविधाहरु बाहेक थप सुबिधा प्राप्त गर्न सक्ने छन् । कम्पनीले दिदै आएको नगद छुट १ लाख ५० हजारमा थप ५० हजार, टाटा गाडीसँग जुनसुकै गाडी साट्दा ५० हजार एक्सचेन्ज वोनस र ३० हजार लोयलटी बोनस प्राप्त गर्न सक्ने छन् । ग्राहकले चाहेको खण्डमा गाडी घरमै डेलिभरीको सुविधा पनि कम्पनीले दिएको छ ।

यो योजनामा यस महामारी बिरुद्ध अग्रपंक्तिमा कार्यरत ब्यक्तिहरुका लागि १ मे २०२१ देखि ३१ मे २०२१ सम्म संचालन हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कम्पनीले यो आपतकालीन समयमा पनि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएमा २४ घण्टा नै सेवामा आफुहरु तयार रहेको जनाएको छ ।


Back_to_top