बब्बर लुकमा आउँदै नयाँ जेनेरेशन क्लासीक ३५०

सांकेतिक तस्बीर

काठमाडौं । रोयल इन्फिल्डले स्थानीय र अन्तर्राष्ट्रीय बजारको लागि धेरै नयाँ मोटरसाइकलहरुमा काम गरिरहेको छ ।
यसै क्रममा कम्पनीले ब्राण्डकै सबैभन्दा लोकप्रिय मोडल क्लासीक ३५० को नयाँ अवतारमा ल्याउने भएको हो ।

आक्रामक बजार विस्तारमा लागेको कम्पनीले क्लासीक ३५० को बब्जर लुक दिने सिंगल सिटमा ल्याउने तयारी गरेको हो । त्यस्तै कम्पनीले बुलेट ३५० को नयाँ जेनेरेशन समेत ल्याउने भएको हो ।

क्लासिक ३५० मा सिल्भर क्रोमसहितको हेडल्याम्प, ट्रियरड्रप आकारको इन्धन ट्याकं र अप राइट पोजिशनको हेन्डलबार दिइएको छ भने यसले क्लासीक ३५० को नयाँ जेनेरेशनको लुक बब्बर डिजाइन जस्तो देखिएको छ ।

त्यस्तै, नयाँ जेनेरेसन ३५० बुलेट जे सिरिज प्लेटफर्ममा हुने कम्पनीले बताएको छ । यसमा सेमी डिजिटल इन्स्टु«मेन्ट कन्सोल, अप्सनल ट्रिपर नेभिगेसन सिस्टम, ५ स्पीड ट्रान्समिसन गियरबक्स, एबीएस जस्ता फिचर समाबेस रहेका छन् ।

यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फोर्क सस्पेन्सन र रियरमा ट्वीन साइडेड सक अब्जर्बार को प्रयोग गरिने छ भने डबल च्यानल एबीएस फिचरहरु पाउन सकिन्छ ।

यी दुबै नयाँ जेरेनेशनमा ३४९ सीसी सिगंल सिलिन्डर एयर आयल कुल्ड ओएएचसी इन्जिन रहने छ भने यसले २० बीएचको हर्सपावर र २७ एनएमको टर्क उत्पादन गर्छ ।

यी दुबै मोडल बजारमा छिटै सार्बजनिक हुने अनुमान गरिएको छ ।


Back_to_top