काठमाडौं । विश्वभर ईभीको विकास विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको निसान लीफको नयाँ जेनेरेशन मोडल तयार भएको छ । जापानी कम्पनीको नयाँ लीफ ईभी क्यानडामा रहेको टेस्लाको सुपर चार्जिङ स्टेशनमा देखिएको हो ।
यसअघि नै निसानले लीफको नयाँ जेनेरेशन मोडल बजारमा आउने बताएको थियो । पहिलेभन्दा निकै राम्रो डिजाइनमा देखिएको लीफ अब ह्याचब्याक डिजाइनमा होइन, क्रसओभर डिजाइनमा देखिन्छ ।
अहिले क्यानडामा देखिएको लीफ तेस्रो पुस्ताको रूपमा बजारमा आउने छ । निसानले यसलाई सन् २०२५ को अन्तिमसम्ममा बजारमा ल्याउने अनुमान गरिएको छ ।
जापानी निर्माताले यसलाई ‘सीएमएफ–ईभी’ प्लेटफर्ममा नयाँ लीफ बजारमा ल्याउन लागेको हो । यसको रेन्ज ६०० किलोमिटर आसपास रहनेछ । कम्पनीले यसमा रहने ब्याट्री, मोटर लगायतका टेक्नीकल विवरण केही पनि बाहिर ल्याएको छैन ।
नेपाली बजारमा पनि सेकेण्ड जेनेरेश लीफ ईभी बिक्री हुँदै आएको छ । पायोनियर मोटोकर्पले नेपालमा निसानका गाडी बिक्री गर्दै आएको हो ।


