विभिन्न अफरसहित चितवनमा खुल्यो दीपलको नयाँ शोरुम

चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले चितवनबाट निकै रुचाइएको दीपलका ईभीहरुको बिक्री सुरु गरेको छ । कम्पनीले नयाँ डिलर मार्फत दीपलका ईभीहरु चितवनमा बिक्री सुरु गरेको हो ।

कम्पनीले बुधबार एक कार्यक्रम आयोजना गर्दै दीपलका ईभी लन्च गरेको हो । उक्त ब्राण्ड लन्चिङ कार्यक्रममा चित्तवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्युचरिस्टिक डिजाइन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस-०७ एल र दिपल ई-०७ सार्वजनिक गरिएको थियो ।

‘नेपालमा सार्वजनिक भएको एक वर्षमा आठ सयभन्दा बढी दीपलका गाडी बिक्री भएका छन् । यसको डिजाइन तथा प्रविधिका कारण दीपलका ईभी धेरैको रोजाईमा परेको हो’, एमएडब्लु वृद्धिका प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले भने ।

दिपलको नयाँ शोरुम चितवनमा

एमएडब्लू वृद्धिले राजहंस अटोमोबाइलमार्फत चित्तवनका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ शोरुम सुरु गरेको छ ।

चितवनमा नयाँ शोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले बिहीबारबाट तीन दिनका लागि टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु गरेको छ । यो अवधिमा चितवनका ईभीप्रेमीले दीपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीहरु ई-०७, दिपल एस-०७, दिपलएस-०७ एल र दिपल एल-०७ को टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले मात्र २० प्रतिशत डाउन पेमेन्टमा ईभी खरिद गर्न सक्नेछ् । कम्पनीले निःशुल्क ७ किलोवाटको चार्जर र एसेसोरिज, आकर्षक नगद छुट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस दिने जनाएको छ ।

कम्पनीले हरेक टेस्ट ड्राइभमा कम्पनीले उपहार पनि दिनेछ ।


Back_to_top