याडियाका स्कुटरमा १० हजार नगद छुट

काठमाडौं । याडिया इलेक्ट्रीकले नयाँ वर्ष २०८२ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नगद १० हजार छुटको स्कीम संचालनमा ल्याएको हो ।

याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपालले नयाँ वर्ष २०८२ को अवसरमा उक्त स्कीम सार्वजनिक गरेको हो ।

कुजु नेपालले तीन मोडलका स्कुटर बिक्री गर्दै आएको छ । नयाँ वर्षको अवसरमा स्कुटर किन्ने ग्राहकले तीनै मोडलका स्कुटरमा १० हजार छुट पाउने छन् ।

कम्पनीले याडिया जी ६ को मूल्य २ लाख ६० हजार, याडिया इपोकको २ लाख ३५ हजार र एम६ एलको मूल्य १ लाख ७५ हजार तोकेर बिक्री गर्दै आएको छ । अब नयाँ वर्ष स्क्रीममा स्कुटर खरिद गर्न क्रमशः २ लाख २ लाख ५० हजार, २ लाख २५ हजार र १ लाख ६५ हजार रुपैयाँ तिरे पुग्छ ।

कम्पनीले सिमित अवधिका लागिमात्र यो स्कीम ल्याएको जनाएको छ । याडियाका सबै शोरुममा यो स्कीम उपलब्ध हुने कम्पनीको भनाई ।


Back_to_top