काठमाडौं । टाटा मोटर्सले सुदूरपश्चिम प्रदेशको धनगढीमा नयाँ शोरुम संचालनमा ल्याएको छ ।
नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको धनगढीको आधिकारिक डिलर जीएआरएस ट्रेडिङ कन्सर्नले धनगढीको बोराडाँडीमा नयाँ शोरूम संचालनमा ल्याएको हो ।
उक्त शोरुमको उद्घाटन सिप्रदी ट्रेडिङका सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल, जीएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रुपमा गरेका हुन् ।
धनगढीको नयाँ शोरुमबाट ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी खरिद गर्न सक्नेछन् ।
त्यस्तै, आईसीई मोडलहरू अन्तर्गत टाटाका टियागो, पंच, नेक्सन र सफारी पनि यस शोरूममार्फत उपलब्ध हुनेछन् ।
सिप्रदी ट्रेडिङले ग्राहकलाई गाडी बिक्री मात्र नभई आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर–सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसिलिटी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
शोरुम उद्घाटनकै अवसरमा यसअघि टाटाको गाडी बुकिङ गरका ग्राहकलाई डेलिभरी समेत गरिएको थियो ।


