नयाँ जेनेरेशनको टोयोटा हायस आउँदै

टोयोटा मोटर्सले बजारमा ल्याउने तयारी गरेको छैठौँ जेनेरेशन हायसको इन्टेरियरमा समावेश विशेषता लिक भएको छ । कम्पनीले यसमा आकर्षक डिजाइनसँगै प्रिमियम विशेषता समेटेको छ । 

यसमा पाँचौ जेनेरेसनको भन्दा आकर्षक टेल–ल्याम्प, ठूलो बोनेट दिएको छ । एङ्गुलर हेडल्याम्प, बोल्डर–ग्रिल डिजाइन, लोअर–एयर इन्टेक र स्पोर्टी बम्पर, भर्टीकल एलईडी डीआरएलएस जस्ता आकर्षक विशेषता समाबेस गरिएको छ । साथै, यो मोडलमा एड्भान्स सेफ्टी फिचर दिइएको जनाइएको छ । 

कम्पनीले नयाँ जेनेरेशन हायसमा २.४ लिटर २ जीडी डिजेल इन्जिनकासाथै २.८ लिटर १ जीडी इन्जिन दिएको छ । कम्पनीले यही वर्षभित्र यो कारलाई बजारमा बिक्री वितरण गर्नेछ ।

नेपाली सडकमा निकै बाक्लो उपस्थिति रहेको हायस सार्वजनिक यातायात, ट्राभल एजेन्सी, कर्पोरेट हाउसदेखि एम्बुलेन्सको रुपमा समेत प्रयोग हुँदै आईरहेको छ । 


Back_to_top